
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आगामी सबै खाले निर्वाचन कोही कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने बताएका छन् । आउने बैशाखमा स्थानीय निर्वाचन हुन्छ । त्यसैले निर्वाचनमा होमिदा काँग्रेस एक्लै होमिनुपर्छ । सरकार गठबन्धन गरेर चलाउदैमा निर्वाचनमा पनि गठबन्धन गरी जाँदा नकारात्मक सन्देश जान्छ र जनतालाई वितृष्णा पैदा हुन सक्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनैपनि हालतमा निर्वाचनमा गठबन्धन गरेर जान नहुने कुरा बताएका छन् । सरकार चलाउने र निर्वाचनमा जाने फरक कुरा हो । त्यसैले सरकारमा जसरी गठबन्धन गरीएको छ, त्यसैगरी निर्वाचनमा हामी गयौं भने नेपाली जनताले हामीलाई माफ दिने छैनन्, सजाय दिनेछन् ।
त्यसैले काँग्रेस आगामी जुनसुकै निर्वाचन पनि काँग्रेस एक्लैले हाक्नुपर्छ, अनिमात्र जनताले विश्वास गर्ने बताए । उक्त कुरा गत शनिबार सिटौला समूहबाट खानेपानीमन्त्री बनेका उमाकान्त चौधरीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले बताएका हुन् । उनले पार्टीको आगामी महाअधिवेशन वर्तमान नेतृत्व परिवर्तन गर्नका लागि नेता कृष्ण प्रसाद सिटौलाकै नेतृत्व र छत्रछायामा सुझबुझका साथ नेतृत्व बदल्नुपर्ने धारणा राखेका छन् ।

सिटौला समूहमा रहेर १३औं महाअधिवेशनमा महामन्त्रीका प्रत्यासी बनेका थापा केही समयदेखि काँग्रेसका पूर्व महामन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् १४औं महाअधिवेशनमा सभापति पदका प्रत्यासी बनेका प्रकाशमान सिंहसँग काठमाडौंको राजनीतिमा पछिल्लो समय निकै नजिक भई रहेका छन् । पार्टीभित्रको आन्तरिक निर्वाचनदेखि गठबन्धन सरकारमा सहभागी हुने नहुने कुरामा समेत नेता प्रकाशमान सिंहसँग सहकार्य गर्दै आएका छन् ।
प्रमुख अतिथी पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री समेत भई सकेका कृष्ण प्रसाद सिटौला रहेको उक्त चियापान कार्यक्रममा पूर्वमन्त्री भिमसेनदास प्रधान, नेपाल महिला संघकी महासचिव धना खतिवडा, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना, पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी, पूर्व स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङ्ग काँग्रेस कालीकोटका निवर्तमान सभापति हर्ष वम लगायत विभिन्न बौद्धिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...