
काठमाडौं । नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् ।आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई १० भोटले पराजित गरेका हुन । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत प्राप्त गरे ।
शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनले ५० प्रतिशत कटाउन नसकेपछि दुई जनाबीच आज फेरि प्रतिष्पर्धा भएको थियो । श्रेष्ठलाई पूर्व अर्थराज्यमन्त्री उदय शम्सेर राणा र चित्रकारलाई पूर्व जिल्ला सभापति मदन अमात्यको साथ रहेको थियो ।
पहिलो चरणमा तेस्रो भएका मीनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गरेका थिए । तीन जना उम्मेदवार बनेको अवस्थामा र ५० प्रतिशत मत कटाउन नसक्दा पहिलो र दोस्रोबीच प्रतिस्पर्धा हुने विधानमा व्यवस्था छ । राणा र अमात्य दुबै देउवा पक्षका मानिन्छन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...