
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्न विहान ८ बजेदेखि सुरु हुने भनिए पनि करिव ३ घण्टापछि मतदान सुरु भएको केन्द्रीय निर्वाचन समितिले बताएको हो ।
समितिका अनुसार साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा प्रतिनिधिहरुका लागि मतदानस्थल तयार पारिएको छ । भोट खसाल्न उत्साहित प्रतिनिधिहरु मतदान केन्द्रहरुमा लामबद्ध भएका छन भने उम्मेदवारहरु उनीहरुसंग मत मागिरहेका छन् ।
सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित गर्ने महाधिवेशनमा २९ प्रकारका मतपत्रको व्यवस्था र सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ भने प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा रहेको छ ।
त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था रहेको समितिले बताएको छ ।
केन्द्रीय निर्वाचन समितिले मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिहरुले मतदानबाट विभिन्न क्लस्टरबाट १२१ जना केन्द्रीय समितिमा उम्मेदवार निर्वाचित हुने बताइएको छ ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...