
काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गर्न दोस्रो पटक निर्वाचनका तयारीमा लागेको छ । पहिलो चरणको चुनावमा सभापतिका उम्मेदवार कसैलेपनि ५० प्रतिशत ल्याउन नसकेकाले दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
काँग्रेस दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पस्र्धा हुनेछ । सभापतिका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।
त्यस्तै पहिलो चरणमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गर्दै विज्ञप्ति निकालेका छन् ।
निधिले सम्पन्न निर्वाचनमा आफूलाई मत दिने सबै महाधिवशेन प्रतिनिधिहरुलाई धन्यवाद दिदै देउवाको आग्रहलाई स्वीकादै समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कोइरालाले १७०२ मत ल्याएका थिए ।
यस्ताे छ विज्ञप्ति…

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...