सत्ता गठबन्धनले लामाे समयसम्म सरकारकाे नेतृत्व गर्छः माधव नेपाल – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

सत्ता गठबन्धनले लामाे समयसम्म सरकारकाे नेतृत्व गर्छः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार पुस ५ (तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको) को सन्दर्भमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेकाले गठबन्धन राजनीति अघि बढ्दै जाने बताएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सहमति भएको र गठबन्धनले लामो समयसम्म सरकार नेतृत्व गर्नेबारे गठबन्धनका दलहरुभित्र छलफल भएको बताए ।


केपी ओलीप्रति नेपालको कटाक्ष
नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा कटाक्ष गर्दै नेपालले ओली एक नम्बर गफाडी भएको बताए । अध्यक्ष नेपालले ओलीको नाम गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखिदिए राम्रो हुने बताए ।

ओली अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको नेपालले टिपणी गरे । संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा ओली लागेको आरोप लगाए । उनले भने, ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन, गिजिन बुकमा यीनको नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली भनेर ।’

त्यस्तै नेपालले समयमै गल्तीको महशुस गर्न र सही बाटोमा आउन अनुरोध गरे ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ पुष ५, १५: ३५

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ पुष ५, १५: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ पुष ५, १५: ३५

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...