नेकपा एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

नेकपा एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

ज्ञवालीका अनुसार शनिबार एन्टीजेन पोजेटिभ आएपछि पीसीआर गरिएको थियो । अध्यक्ष ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र निवासमै आइसोलेशनमा बसेको छन् ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो । 

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०७८ माघ ९, ११: १९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७८ माघ ९, ११: १९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ माघ ९, ११: १९

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...