गौरादहको वडाध्यक्षमा भण्डारीको चर्चा : जीत नजिक पुगेको दाबी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

गौरादहको वडाध्यक्षमा भण्डारीको चर्चा : जीत नजिक पुगेको दाबी


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको गौरादहमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता दिलिप भण्डारीको चर्चा चुलिएको छ ।

जिल्लाको गौरादह नगरपालिका वडा न ३ मा स्वतन्त्ररुपमा वडाध्यक्षको उम्मेदवारी दिएका युवा नेता भण्डारीको पक्षमा वडाका टोल टोलमा सकारात्मक माहौला बन्दै गएको मतदाताहरु बताउँछन् ।

बिगत लामो समयदेखि नगरका गरिब र दीन दुखीको सेवामा क्रियाशिल हुँदै आएको भण्डारी गौरादह क्षेत्रका एक चर्चित सामाजिक एबम परोपकारी ब्यक्तित्व हुन् ।

गौरादह उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका भण्डारीको कार्यकालमा सुसुप्त जस्तै रहेको संघले सामाजिक सेवाको क्षेत्रमा स्मरिणय काम गरेर चर्चा नगरवासिको विश्वास र भरोसा जितेको थियो ।

गौरादहका अब्बल सहकारीको नेतृत्व साथसाथै आफ्नो पेशा ब्यबसायमा अहोरात्र खटिने भण्डारी पछिल्लो समय आगामी बैशाख ३० गतेको स्थानिय चुनाबमा वडा अध्यक्षको उम्मेद्बार भएर समाजसेवामा क्रियाशिल हुने चाहना राखेपछि वडावासीहरु स्वतस्फूर्त रुपमा उनको पक्षमा खुलेका हुन् ।

गठबन्धन दल र नेकपा एमालेको उम्मेद्बारहरु समूह बनाएर भोट माग्न हिँडे पनि भण्डारीको पक्षमा वडाका धेरै युवाहरु भण्डारीले पाएको चुनाव चिन्ह जेब्रामा भोट माग्नमा व्यस्त हुन थालेका छन् ।

राजनीतिक दलका उम्मेदवारलाई विगतमा पटक बिजय गराएर खासै उपलब्ध नभएको गुनासो गर्ने युवाहरु यतिवेला एक पटक स्वतन्त्र उम्मेदवार भण्डारीलाई बिजय गराएर वडाको बिकासको सपना पुरा गर्ने इच्छा व्यक्त गरेका छन् ।

वडा अध्यक्षका प्रत्यासी रहेका भण्डारीले आफू बिजेता बनेमा वडालाई आर्थिक पारदर्शिता र वडाका हरेक निर्णयहरू युवा सहभागितामा गरिने र वडाका सम्पुर्ण सम्बद्ध बिषयहरु सम्बन्धित बिज्ञको सहयोग लिएर ३ नम्वर वडालाई नमुना वडा बनाउने घोषणा गरेका छन् ।

यस अघिको निर्बाचनमा वडा अध्यक्ष बिजयी बनेका एमालेका उम्मेद्बार गजेन्द्र घिमिरेलाई पार्टीले पुन वडा अध्यक्षको टिकट दिएपछि पार्टीबाट असन्तुष्ट ब्यक्त गर्दै आफू स्वतन्त्र रहने इच्छा जाहेर गरेको भण्डारीले बताउँदै आएका छन् ।

अघिल्लो पटक घिमिरेसग झिनो मतान्तरले पराजय भोगेको काग्रेसले यश पटक गठबन्धनतर्फ बाट माओबादी केन्द्रका शेर बहादुर कार्कीलाइ वडा अध्यक्ष पदमा उभ्याएको छ । उनी शिक्षक पद बाट भरखरै राजिनामा दिएर राजनीतिमा होमिएका छ्न ।
चुनाबी प्रचारप्रसार सिलसिलामा गत शनिबार गौरादह नगरपालिकाको मुख्य चोक डिपुबाट सयौको संख्यामा निस्किएको सबारी साधन, सिटि सफारी तथा मोटरसाइकल र्यालि र उक्त र्यालिमा सहभागी हुने ब्यक्तिहरुको सहभागिता हेर्दा स्वतन्त्र उमेद्वार भण्डारी बिजय नजिक पुगेको चर्चा चोक चोकमा हिजो आज सुनिन थालेको छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७९ बैशाख २६, १९: ३०

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७९ बैशाख २६, १९: ३०

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७९ बैशाख २६, १९: ३०

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...