
काठमाडौं । राजासँगको सेटिङमा प्रचण्डले नेपालमा जनयुद्ध चलाएको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको विगत र अहिले प्रचण्डले आफ्नै परिवार सेटिङमा काँग्रेसलाई उपयोग गरिरहेको आरोप खेपिरहेका छन् ।
दरबारसँगको सेटिङमा हजारौँ नेपालीको ज्यान लिइएको भन्दै ओलीले देशमा अस्थिरताका दुई संवाहक प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी भएको जिकिर गरे । अस्थिरताका शक्तिसँग एकता गर्न नहुने भन्दै ओलीले उनीहरुको खेदो खनिरहेका छन् ।
जनयुद्धकै प्रसंग जोड्दै उनले २०६० मा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच ५ बुँदे सहमति नै भएको दाबी गरे । २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच भएको ५ बुँदे सहमति अहिले खोज्नु पर्ने बताए । अहिले प्रचण्ड र माधव नेपाल मिलेर काँग्रेसलाई उपयोग गर्दै आफ्नै परिवारलाई युद्धको व्याज खुवाउने दाउमा लागेको तर्क गरे ।
यसैबीच नेकपा माओवादी केन्द्रलाई पनि आफ्नै परिवार केन्द्रीत बनाउन खोजिएको आरोप प्रचण्डलाई लाग्ने गरेको छ । पार्टीका कतिपय नेताहरु त्यसो गर्न नहुने तर्क गर्छन् । नातावाद कृपावादमा प्रण्डलिप्त भएको धेरै कार्यकर्ता बताउँछन् ।
घाइते अपाङ्गलाई वास्ता नगरेका प्रचण्डले कहिल्यै एमालेलाई प्रयोग गर्दै बुहारीलाई सेटिङ्ग गर्ने त कहिले अन्यपार्टीलाई हातमा लिदै परिवारकै स्वार्थ अनुरुप प्रयोग गरिरहेको स्रोतले बतायो । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउन भूमिका खेल्ने त्यसको सट्टा आफ्नी छोरी रेणुलाई भरतपुरको मेयर बनाउनु पर्ने भनेर देउवासंग माग गरेको खुलासा भएकोे छ ।
२०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक शक्तिशाली बनेको छ । काँग्रेस आफ्नै कारण पहिलो शक्ति बनेपनि प्रचण्डले आफ्ना कारणले पहिलो शक्ति बनेको दावी गरिरहेका छन् । ७५३ स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल बनेको हो ।
कांग्रेसले ३ सय २९ पालिकाको जित हात पार्दा २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमाले २ सय ५मा सीमित बनेको छ । माओवादी केन्द्रले १ सय २१ स्थानीय तहमा जित हात पर्दा जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख पदमा जितेका छन् ।
२०७४ मा पहिलो शक्ति बनेको एमालेलाई यसपटक सत्ता गठबन्धनले कमजोर बनाइदिएको पक्का हो । सत्ता गठबन्धन गरेर उम्मेदवारी दिएपनि स्थानीय तहमा एमाले एक्लैले भारी मत ल्याएर दोस्रो बनेको छ । प्रचण्डले एमालेलाईकांग्रेससँग मिलेर ‘ठेगान’ लगाइदिने अभिव्यक्ति दिदै आएका थिए ।
मत संख्याको आधारमा नेकपा एमालेले २०७४ को भन्दा बढाएको छ । तर, नेतृत्वमा भने उसलाई घाटा लागेको छ । वैशाख ३० को निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेक एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ ।२०७४ को स्थानीय तह निर्वाचनमा उसले २ करोड १४ लाख ५० हजार मत पाएको थियो । यसपालीको निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रले २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा यसपटक झण्डै १० लाख मत कम पाएको छ ।
यस्तै ०७४ को निर्वाचनमा कांग्रेसले २ सय ६६ स्थानीय तहमा प्रमुख जितेको थियो भने यसपटक उसले ३ सय २७ मा प्रमुख जितेको छ । गत निर्वाचनमा ३५ प्रतिशत जित हात पारेको कांग्रेसले यसपटक ४३ प्रतिशत मत पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखको प्रशिक्षण कार्यक्रममा एमालेलाई आफूहरुले ठेगान लगाइदिएको भन्दै ‘गौरव’ गरेका छन् ।
तर काँग्रेसलाई पनि एमालेकै नजरमा हेर्नुपर्ने बताएका छन् । ठूलो दल बनेसँगै कांग्रेसमा पनि अहंकार बढ्दै गएको भन्दै उनले एमालेलाई ठेगान लगाए जस्तै काँग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिए ।नेपाली कांग्रेसका कतिपय नेताहरु भने माओवादी लगायतका दलहरुसँगको गठबन्धनले गर्दा कांग्रेसलाई घाटा भएको बताइरहेका छन् । तर परिणामहरुले भने गठबन्धनका दलहरु एक्ला एक्लै लडेको भए एमाले कमजोर नहुने देखिएको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेसका कतिपय नेताहरुले विश्लेषण गरिरहेका छन् ।
०७४ को स्थानी निर्वाचनमा सबैभन्दा ठूलो बनेको एमालेले त्यतिबेला २ सय ९४ पालिकामा जितेको थियो । उसले ३९ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको थियो । तर यसपटक प्रचण्डका अनुसार एमाले ठेगान लागेको छ । निर्वाचन परिणामहरुका अनुसार एक्लै प्रतिस्पर्धामा उत्रिएको भए माओवादी नै ठेगान लाग्ने स्थिति देखिएको तथ्य प्रचण्डले बुझेका छन् ।
उनको सबैभन्दा ठूलो सफलता भरतपुरमा भएको दावी गरेका छन् । छोरी रेणुलाई प्रमुखमा उठाएका उनले पार्टीको कमजोर अवस्थाकाबीच पनि कांग्रेसको मतले जित हात पारेको मनसाय व्यक्त गरेका छन् । २०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ ।
तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जित हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जित हात पारेको छ ।माओवादीले कहिले एमाले त कहिले कांग्रेसलाई ठूलो पार्टी बनाइ दिएको भन्दै दम्भ देखाउनेलाई आफूहरुले बिद्रोह गरेर देखाइदिने चेतावनी दिएको छ । तर यो भन्नु प्रचण्डका लागि फाइदा लिनु बाहेक अर्को उदेश्य नभएको जानकार बताउँछन् ।
संघीय र प्रदेश सभा निर्वाचन कहिले गर्ने भन्नेबारे गठबन्धन दलहरुबीच छलफल सुरु भएको भोलिपल्ट उनले कांग्रेसलाई चेतावनी दिनुको पछाडि अब आफ्नै जुवाइलाई अघि सार्न यस्तो कुटनीति अपनाएको माओवादी केन्द्रका कार्यकता बताउँछन् । कांग्रेसमाझ आगामी निर्वाचनमा माओवादीलाई साथ नलिँदा काँग्रेसलाई घाटा हुने त्रास फिजाएका छन् ।
कहिले एमालेसंग त, कहिले कांग्रेससंग मिलेर स्वार्थ पूर्ती गर्ने प्रचण्डको बानी कसैले बुझ्न नसकेको कतिपयको बुझाइ छ । उनले अहिले स्थानीय तहको निर्वाचनपछि एमालेको मन रोइरहेको भन्दै त्यस्तै अवस्था संघीय र प्रदेश निर्वाचन पछि कांग्रेसको हुनसक्ने सांकेतिक गर्नुको पछाडि साला साली, भाइ भतिजा र बुहारीलाई सेटिङ्ग गर्न यस्तो चेतावनी दिएको जानकार बताउँछन् ।
धन देखे तीन नेत्र हुने प्रचण्डले पहिलो प्राथमिकता परिवार सेटिङ्गमै केन्द्रित रहेको देखिन्छ । खैर यो जे भएपनि अहिले पार्टी भित्र प्रचण्डले नेतादेखि कार्यकर्तासम्मबाट वार्षिक १०० रुपैयाँ उठाउएर धन पनि केन्द्रित गर्ने बाटोमा लागेको स्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गर्नु प्रचण्डको नै हात रहेको बैठकमा सहभागि एक नेताले बताए । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने योजनाका साथ पार्टी कार्यालय सञ्चालनको नाममा पैसा उठाउने खेल मात्र भएको कार्यकर्ताको बुझाइ छ । नयाँ विकल्प साप्ताहिकबाट…
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...