मधेस प्रदेश सरकारका मन्त्रीहरूबाट आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मधेस प्रदेश सरकारका मन्त्रीहरूबाट आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु

नयाँ विकल्प,

काठमाडौं – मधेस प्रदेश सरकारकै नेतृत्वमा आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु भएको छ । प्रहरी समायोजन लगायतको मागलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षणका लागि साता दिने धर्ना कार्यक्रम सुरु गरिएको हो ।
मधेस प्रदेश प्रमुखको निजी सचिवालयको कार्यालय परिसरभित्रै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलन अन्तर्गतको दोश्रो दिन सोमबार प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको अगुवाईमा प्रदेश सांसदहरुको उपस्थितिमा धर्ना कार्यक्रम भयो ।

यसरी संघीय सरकारविरुद्ध धर्ना दिँदा मधेस प्रदेश सरकारको आलोचना पनि हुन थालेको छ । मधेस प्रदेशसभा स्थापनाको वर्ष दिन नबित्दै तत्कालीन प्रदेश २ सरकारले ल्याएको प्रदेश प्रहरी ऐन पारित गरेको थियो ।
उता संघ सरकारले प्रदेश सरकारभन्दा करिब दुई वर्ष ढिला गरी संघीय प्रहरी ऐन पारित गर्यो । संघ सरकारले सो ऐन पारित गरेपछि पनि चुपचाप बसेको आरोप लगाउँदै प्रदेश सरकारले धर्ना कार्यक्रम ल्याएको हो ।
निर्वाचनको मुखमा जस लिनकै लागि औपचारिक रुपमै संघ सरकार विरुद्ध धर्नामा बसेपछि प्रदेश सरकारको आलोचना हुन थालेको हो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण ३०, २१: ३६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०७९ श्रावण ३०, २१: ३६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७९ श्रावण ३०, २१: ३६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...