निर्वाचन खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

निर्वाचन खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले कानुन बमोजिम निर्वाचन खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिइ तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना तथा तोकिएको समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने ८ हजार ६५२ जनालाई आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार उनीहरुलाई तोकिएको समयभित्र के-कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा किन कारबाही हुनु नपर्ने भन्नेबारे ७ दिनभित्र आफ्नो सफाइसहितको स्पष्टीकरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न भनिएको छ ।

आयोगले उक्त निर्वाचनमा उम्मेदवारमध्ये तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण पेस गरेका २१ हजार २३० जना उम्मेदवारको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारले आफू उम्मेदवार भएको स्थानीय तहको कार्यालयमा र वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिने निर्णयसमेत गरेको छ ।

 

 

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण ३१, २१: २२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०७९ श्रावण ३१, २१: २२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७९ श्रावण ३१, २१: २२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...