परम्पराको संरक्षणमा जुटे टेकानपुरका बलामी समुदाय – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

परम्पराको संरक्षणमा जुटे टेकानपुरका बलामी समुदाय

काठमाडौं । अल्पसंख्यक बलामी समुदाय आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षणमा जुटेका छन् । समाजसेवी मोहनबहादुर बलामीको नेतृत्वमा टेकानपुर संस्कृतिक संरक्षण समिति नै बनाएर उनीहरु धर्म, संस्कृति, परम्पराको संरक्षणमा लागेका छन् ।

बलामी समुदायको संस्कृति परम्परा संरक्षणका लागि बनाएको समितिको एक समारोह सम्पन्न भएको छ । नेपाल कला र संस्कृतिले भरीपूर्ण देश भएको र यसको संरक्षण एकीकृतरुपमा गर्नुपर्ने बागमती प्रदेश सभाका सदस्य रमा आले मगरले बताइन् ।

चन्द्रागिरी नगरपालिकालाई संस्कृति सहर बनाउने योजना आफूहरुको रहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए । उनले नगरपालिका भित्रका धर्म, संस्कृति,कला, जात्रा चाडपर्वलाई सूचीकृत गर्न लागिरहेको बताए ।

उनले धर्म,संस्कृति, जात्रा मेला, चाडपर्व, सम्पदाको व्यवस्थापनदेखि आर्थिक सहयोग गर्न तयार रहेको बताए । यस्तै वडाध्यक्ष कृष्णप्रसाद खड्गीले आफूहरु संस्कृतिमा धनी भए पनि यसलाई धन्न भने गहे भएको बताए ।

उनले संस्कृति, परम्परालाई पनि आयमुलक बनाउनतिर लाग्नुको विकल्प नभएको बताए । बलामी समुदाय छुटै संस्कति परम्परा रहेको मकवानपुर, काभ्रे, धादिग, चितवन नुवाकोटमा बसोबास गरिरहेका छन् ।

बलामी समुदायका परम्परागत नाच, कला, संस्कृतिको पनि यो कार्यक्रममा प्रस्तुति गरिएको समितिका सचिव श्याम बलामीले बताए।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७९ भाद्र १९, ०६: ५२

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ भाद्र १९, ०६: ५२

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ भाद्र १९, ०६: ५२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...