सरकारी भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने‌ – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

सरकारी भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने‌

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाइने भन्दै त्यसबारे आवश्यक कारबाही अघि बढाएको बताएको छ ।

अनुगमनका क्रममा कतिपय कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरुको शेयर र लाइक गरेको पाइएकाले भन्दै आयोगले उनीहरुमाथि आवश्यक कारवाही थालेको जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अधसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी विद्यालय, महाविद्यालय या विश्वविद्यालय तथा मामा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नपर्ने आचारणबारे स्पष्ट व्यवस्था गरिएको छ ।

आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

आचारसंहिता विपरीतका काम गनैलाई स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले स्पष्ट पारेको छ ।

 

 

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७९ आश्विन २५, २१: ३१

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७९ आश्विन २५, २१: ३१

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ आश्विन २५, २१: ३१

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...