कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने

नयाँ विकल्प,

काठमाडौं – जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने बताएका छन् । केन्द्र सरकारले जसपाका मन्त्रीहरूलाई आज पदबाट बर्खास्त गरेपछि मधेस प्रदेश सरकारले पनि भोलि सम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ६ जना मन्त्रीलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको यादवले बताएका हुन् ।

‘मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा पहिले नै उहाँहरूले स्वविवेक प्रयोग गरेर राजीनामा दिनुभयो भने उपयुक्त हुन्छ, होइन भने मुख्यमन्त्री आफैले बर्खास्त गर्न बाध्य हुनुपर्छ,’ उनले भने । जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३ जना , माओवादी केन्द्रबाट राज्यमन्त्री सहित २ र नेकपा एसबाट १ गरी ६ जना मन्त्री रहेका छन् ।

 

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७९ आश्विन २७, २२: ३५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७९ आश्विन २७, २२: ३५

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७९ आश्विन २७, २२: ३५

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...