सत्ता गठबन्धनले हरेक बुथमा २०० युवा खटाउने – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सत्ता गठबन्धनले हरेक बुथमा २०० युवा खटाउने

काठमाडौँ । आसन्न मंरिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको को निर्वाचनमा सत्तारुढ गठबन्धन निकट संगठनले हरेक बुथमा २०० युवा परिचालन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेशस्तरीय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको सो संगठनले जनाएका छन् ।

समितिमा पाँचवटै संगठनका अध्यक्ष संलग्न हुनेछन् ।

संविधान कुल्चने, पटक, पटक संसद् विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धि माथि खेलबाड गरी मुलुकलाई पछाडि फर्काउन चाहने, स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनीतिअनुरुप गठन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता, कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ आश्विन २९, ०७: १०

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ आश्विन २९, ०७: १०

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ आश्विन २९, ०७: १०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...