जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । आइतबार निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् ।

आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् ।१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ आश्विन ३०, १३: ५५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ आश्विन ३०, १३: ५५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ आश्विन ३०, १३: ५५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...