काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ । यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेश गरेको थियो ।
सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई आज अदालत पेश गरिएको हो ।
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...