काठमाडौं । बैंकहरुले धितोबेस कर्जा भन्दा प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन अर्थमन्त्री डा प्रकाशशरण महत आग्रह गरेका छन् ।
बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन । नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए ।
बैंकहरु कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको जिकिर गरे । मन्त्री महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९, ८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे ।
मन्त्री महतले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताए । सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताए ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...