प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बिरगंजमा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बिरगंजमा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा माओवादी निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बिरगंजमा हुने भएको छ ।

स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको सेण्टरका केन्द्रीय उपाध्यक्ष तथा स्थापना दिवस समारोह आयोजक समितिका संयोजक गोविन्द देवकोटाले बताए ।

राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु बिरगंज पुगेका छन् । माघ १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्ने छन् ।

कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेत पनि सहभागी हुने प्रेस सेन्टरले जनाएको छ । केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले बिरगंजमा बारा र पर्साका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल गर्नेछन् ।

स्थानीय तहमा संघीयताको कार्यान्वयनमा आउने समस्या, चुनौती र समाधानका लागि प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १३, १९: २६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १३, १९: २६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १३, १९: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...