
नयाँ बिकल्प
काठमाडौं–वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ । यस गीतलाई कमल राईले संगीत संयोजन गरेका हुन् ।
यस गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर सुन्न सकिन्छ ।
देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको म्युजिक भिडियोमा निराजन प्रधान, गीता थापा, राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ । हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।
अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि ‘पानी पिउने बहानामा’, ‘हामी संगसंगै हिड्दा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...