
नयाँ विकल्प,
काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले प्रेसविज्ञप्ति जारी गर्दै अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरेपनि प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो ।
उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...