मंगलबार थपिए काेराेनाका १ हजार ५ सय १३ नयाँ संक्रमित, १० को मृत्यु – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

मंगलबार थपिए काेराेनाका १ हजार ५ सय १३ नयाँ संक्रमित, १० को मृत्यु

काठमाडौं । मंगलबार थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । कोरोनाकै कारण हालसम्म ४९१ जनाले ज्यान गुमाइसकेका जनाएको छ ।

यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका छन् । काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन १३, १६: ४३

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७७ आश्विन १३, १६: ४३

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७७ आश्विन १३, १६: ४३

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...