वडासचिव कारागार चलान – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

वडासचिव कारागार चलान

महोत्तरी – बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो ।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ ।

जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनुवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो । यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो ।

जिल्लामा जारी चालु आर्थिक वर्ष २०७७÷७८ मा यस प्रकृतिका घटना ह्वात्तै बढेका छन् । चालु आवको प्रथम चौमासिक अवधिमै हालसम्म २१ वटा जबर्जस्ती करणी र तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो सङ्ख्या गत आव २०७६÷७७ को तुलनामा निकै बढी हो । गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी र सात करणी उद्योगका घटना दर्ता थिए ।

यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिका आपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट बताएका छन् ।

सम्बन्धित समाचार

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ कार्तिक १८, १२: ०१

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ कार्तिक १८, १२: ०१

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
  • २०७७ कार्तिक १८, १२: ०१

काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...