
काठमाडौं । भारतका लागि आवासीय राजदूत डा. शङ्करप्रसाद शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली राजदूत शर्मालाई राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले चैत्र ६ गते नेपाल सरकारको सिफारिसमा डा. शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेकी हुन् । यसअघि ११ कार्तिकमा सरकारले अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यसँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।
उक्त शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...
१.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...