रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिनेः मन्त्री कार्की – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिनेः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने बताएका छन् ।

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रुपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरेका हुन् । बिनासकारी भूकम्प र कोरोना महामारी लगाएत विपतको समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिन रेडियो नेपालले सार्वजनिक सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र २०, १८: ०३

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र २०, १८: ०३

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७८ चैत्र २०, १८: ०३

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...