काठमाडौं, कैलाली र प्रदेश नम्बर २ को रौतहटमा गरि सोमवार थप २ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पिसिआरु परिक्षण मार्फत नमूना परिक्षण गर्दा कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ६५ बािर्षय महिला र रौतहटको क्यारेन्टाइनमा बसेका १९ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।यो सँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४ हजार ४ सय ३२ र विभिन्न प्रदेशहरुका ल्यावमा १२६९ गरि पिसिआर प्रविधिका माध्यमबाट ५ हजार ६ सय ९१ वटा नमूना परिक्षण गरिएको जानकारी प्राप्त भएको छ । त्यसैगरि र्यापिड डाइग्नोस्टिक किटमार्फत ५ हजार २ सय ५१ नमुना परिक्षण गरिएको छ । दुबै जोडेर अहिलेसम्म देशभरिमा पिसिआर र आरटिडी गरेर १० हजार ९ सय ८२ जनाको नमुना परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

तेसै गरि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन सदस्यलाई र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि निजहरुलाइ पाटन अस्पताल भर्ना गरि स्वाब टेस्टको लागि टेकु प्रयोगशालामा पठाइएको हुदा निजहरुको कोरोना भाइरसको पुस्टि हुन बाकि छ ।

१. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...
काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...
१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...