कोइराला परिवारका चौथो प्रधानमन्त्री सुशील कोइराला – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोइराला परिवारका चौथो प्रधानमन्त्री सुशील कोइराला

“जीवनको सार्थकता कुनै उद्देश्य प्राप्तिका निम्ति प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।” राजनेता बी.पी कोइरालाको यो वाणी नेपाली कांङ्ग्रेसका केही नेता र कार्यकर्तामा आदर्श बनेको छ ।

बी.पी. वाणीको उक्त सङ्कल्प र आस्थाबाट अनुप्राणित भएर नेपाली कांङ्ग्रेसको बागडोर सम्हाल्ने पछिल्ला अग्रज नेताको नाम हो– श्री सुशील कोइराला । बी.पी.को राष्ट्रिय मेलमिलापका आधारमा सहमतीय राजनीतिको बाटो बनाएर नेता सुशील कोइराला नेपालको संविधान (२०७२) निर्माण गर्न–गराउन सफल भए ।
प्रजातन्त्र उन्मुख बाम घटक र उग्र–माओवादी बाम समूहसँग बसेर संविधान निर्माण गर्नु, बहुदलीय संसदीय संविधान बनाउनु, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको चाँजो पाँजो मिलाउनु लर्तरो कुरा थिएन । साथै चरम सङ्घर्ष अङ्गालेको मधेश मुद्दालाई सम्बोधन गर्नु थियो ।
यस्तो ज्यादै जटिल बेलामा श्री सुशील कोइराला दोस्रो संविधानसभामा बाँके र चितवनमा दुई क्षेत्रबाट चुनावमा विजयी भए । फलतः २०७० माघ २७ गते मुलुकको सैतिसौं प्रधानमन्त्री बन्ने सुअवसर पाए ।

संविधान निर्माण गरेर आफ्नो पद छोड्ने दृढतासाथ संविधानको तयारीमा लागेका सुशील कोइरालाले ज्यादै कठिन प्रयत्न गरेर २०७२ असोज ३ गते करीब ९० प्रतिशत प्रतिनिधित्वहरुको समर्थन अनुमोदनमा “नेपालको संविधान २०७२ पारित गराए । आफ्नो बचनबद्धता अनुसार एमालेका अध्यक्ष के.पी शर्मा ओलीलाई आफू प्रतिद्धन्द्धी भएर लोकतन्त्रको संस्कार देखाउँदै प्रधानमन्त्रीको पद बुझाए । नेपाली कांङ्ग्रेसको तेह्रौ महाधिवेशनको तयारीमा जुटेपछि आफू फेरी सभापति बन्ने इच्छा व्यक्त गरेका थिए । म असमर्थ र बूढो भएको छैन भन्दै ७८ वर्षे कोइरालाले आफ्नो सामथ्र्य उद्घोष गरेका थिए ।

विराटनगरमा वि.सं. १९९४ माघ २१ गते जन्मिएका सुशील कोइरालाको बाल्यकाल केही वर्ष नेपालगञ्जमा बितेको थियो । पिता बोधप्रसाद कोइराला जागीरका क्रममा नेपालगञ्ज पुगेपछि पत्नी कुमुदिनीसँगको गृहस्थी त्यतै बसालेका थिए । सुशील कोइराला आफ्नी ठूली आमा दिव्या कोइरालासँगै कोइराला निवास विराटनगर बसेर आफ्नो पठनपाठन गर्न थाले । कोइराला निवासकै अन्य दाजुहरु–बी.पी आदिसँग हर्के, बढे, पढे । अनि राजनीतितर्फ सक्रिय भए ।

२०१५–०१७ बी.पी. को प्रधानमन्त्रीत्वकालमा जागीरमा लागेका भए पनि २०१७ काण्डमा निर्वासित बन्न पुगे । २०२५ मा बी.पी. लगायत सबै नेता कार्यकर्ता सँगै आममाफी पाएका सुशील कोइराला बी.पी. को बनारस निर्वासनमा सँगसँगै निर्वासित भए । बी.पी. कोइरालाको करीब आठवर्षे निर्वासनकालमा बनारसको महमूरगञ्ज, सारनाथ फेरी महमूरगञ्जसम्मको बसाइमा सुशील कोइराला बी.पी. सँगै– सहयोगी–सचिवको रुपमा रहे । कोइराला निवासकै सहयोगीमध्ये भीमबहादुर तामाङ र राजेन्द्र (वीरेन्द्र) दाहाल पनि हुन् । ती तीन जनाको राम्रो सम्बन्ध थियो ।
राजघाटमा केही समय गणेशमान सिंह बसेका बेला शैलजा आचार्य, भगत शर्मा, अर्जुनसिंह कठायत आदिको पनि बसोबास थियो ।

२०२७ देखि “तरुण” (ने.का. मुखपत्र) शैलजा आचार्यको प्रधान सम्पादकत्वमा प्रकाशन शुरु भएपछि पत्रिकाको काममा भीमबहादुर तामाङ, सुशील कोइराला र राजेन्द्र दाहालसँगै तुलसी भट्टराई सक्रिय रहने ग¥यौ । बी.पी. द्वारा हप्तामा ३ दिन राजनीतिक प्रशिक्षण दिने क्रममा दर्जनौं कार्यकर्ता (आजका नेताहरु) सहभागी हुने गरेका थिए । सुशील कोइरालाको सहभागी साथीहरुसँगको सौहाद्र व्यवहार हुने गथ्र्यो ।
बनारसमा हुने गोष्ठी, आमसभाहरुमा सुशील कोइरालाको सक्रियता रहन्थ्यो ।

बी.पी. कोइरालाद्वारा २०३३ पौष १६ ‘राष्ट्रिय मेलमिलाप नीति’ का साथ स्वदेश आगमन भएपछि गिरिजाबाबुसँगै बनारस बसेका सुशील कोइरालाको २०३६ को जनमत सङग्रह पछिको राजा वीरेन्द्रद्वारा गरिएको आममाफीमा स्वदेश आगमन । त्यसपछिका २०३७ को मञ्चायती निर्वाचन बहिष्कार आन्दोलन, २०४२ को देशव्यापी सत्याग्रह, २०४६ को जनआन्दोलन हुँदै २०६२–०६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय सहभागित र नेतृत्व दिने काम भयो ।

२०४५ मङ्सिरदेखि केन्द्रीय सदस्य बनेका सुशील कोइराला २०५३ को नवौं महाधिवेशनबाट महामन्त्री बन्न सफल भए । २०५५ असोजदेखि उपसभापति बनेका कोइराला २०६४ पछि कार्यबाहक सभापति भए । बाह्रौ महाधिवेशन २०६७ असोजदेखि पार्टीका केन्द्रीय सभापति बन्ने अवसर पाए । २०४८ र २०५६ मा सांसद निर्वाचित भएका सुशील कोइरालाले त्यतिबेला मन्त्री वा अन्य पदाधिकारी बन्न रुचाएनन् । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख सहयोगी सल्लाहकारका रुपमा सक्रिय भएर काम गर्ने गरे ।

२०७० मङ्सिरमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा बाँके र चितवनबाट सभासद निर्वाचित भएपछि देशका प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त भयो । बी.पी. कोइरालाका सच्चा अनुयायीका रुपमा प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका पक्षधरका रुपमा श्री सुशील कोइरालालाई जान्न बुझ्न सकिन्छ । राजनीतिमा इमान्दारीता र निष्ठा पनि हुन्छ, सादगी पनि हुन्छ भन्ने कुरा सुशील कोइरालाबाट सिक्न सकिन्छ ।

यस पटकको तेह्रौ महाधिवेशनमा धेरै कुराहरुको छलफल हुनुपर्ने थियो । एक प्रकारको संक्रमणकालमा यो महाधिवेशन हुँदै गरेको हो । यस्तो बेलामा धेरै विषयहरुको टुङ्गो लगाउनु पर्ने हुन्थ्यो । तर महाधिवेशनको पूर्व सन्ध्यामै श्री सुशील कोइरालाको चोला उठ्यो । कोइराला परिवारका बी.पी., एम.पी, जी.पी हुँदै यसै क्रममा चौथो प्रधानमन्त्री बन्न सफल सुशील कोइरालाको देहावसानले अब कोइराला परिवारमा पाँचौं श्रृङ्खला कसले जोड्ला भन्ने चासो र चर्चा पनि बढाएको छ ।

कोइराला परिवारमा केन्द्रीत पार्टी नेतृत्व अब कतातिरको भागमा गर्ने हो । यो कुरा यतिबेला अन्योल छ । २०१० देखि राजनीतिमा सक्रिय रहन थालेका श्री सुशील कोइरालाको जीवन एकाकी रह्यो । अर्थात् उनको जीवनमा बिहे–घरजम, परिवार केही हुन सकेन । सधै राजनीतिप्रति आबद्ध कोइराला प्रजातान्त्रिक संस्कार र संस्कृतिको, राजनीतिक स्थिरताको कुरा गर्दागर्दै, राजनीतिकै मात्र सपना देख्दा–देख्दै सामान्य जनभन्दा माथि सफल भए–सुशील कोइराला । अर्थात् प्रधानमन्त्री जस्तो उच्चतम् शासन प्रमुख पद प्राप्त गर्न सफल भए । पार्टीमा पनि उच्चतम् पद–केन्द्रीय सभापति बन्न सक्षम भए ।

एकप्रकार श्री कोइरालाले पाउनुपर्ने–मान, सम्मान, पद, प्रतिष्ठा पाइसकेर वि.सं. २०७२ माघ २६ गते सदाका निम्ति पार्थिव रुपबाट मुक्त भए । हामी सबै पुनः श्रद्धेय सुशील कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । (साभारः डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी. कोइराला र नेपाली कांग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र २६, ०९: ११

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ चैत्र २६, ०९: ११

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ चैत्र २६, ०९: ११

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...