दुइतिहाइः जनता एकातिर सरकार अर्कातिर – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

दुइतिहाइः जनता एकातिर सरकार अर्कातिर

केदार सुवेदी
यो साता

असार ४ भनेको दुइतिहाइको नेकपा सरकारले १७औं महिना प्रवेश गरेका दिन हो । यही दिन सरकार यदि आफुलाई दुइतिहाइको भनि वताउँछ भने त्यसको परीक्षण नै हुनुपर्ने गरी सरकार विरुद्ध एउटा विशाल जनप्रदर्शन भएको दिन पनि हो ।

अर्को, झनै ध्यान दिनुपर्ने कुरा हो यस्तो प्रदर्शनी कुनै राजनीतिक आग्रहबाट भएको होइन अर्थात जनता आफैले यस्तो प्रदर्शनीको आह्वान गरे र आफै सडकमा आए । राजधानी वासीले समुदायगत रुपको यस्तो उपस्थिति यसअघि देखेका थिएनन होला । यही प्रदर्शनीमा खोजी गर्दा त्यस्ता पाका पीढिका एकजना पनि पाइएनन् ।

यसले स्वाभाविक रुपमा प्रश्न उठाउछ–सरकारको दुइतिहाइ समाप्त भएको हो ? जनता त सकारात्मक पक्षमा देखिएनन् । यदि उ संग दुइतिहाइको सख्या हो भने त्यो मतदातामा पनि त देखापर्नु पर्ने हो । तर उल्टो भयो । मतदाता यो दलको पक्षमा रहेनन् । यति छोटो अवधिमानै त्यस्तो देखियो । मत हाल्दा गोही थियो भने यो त झनै खुला रुपमा प्रकट भएको कुरा हो सरकारले टाउकै गनेपनि हुने अवस्थाको ।

फिस्टाको खुट्टी जस्तो
दुइतिहाइको सरकार भनेको त फिष्टेचराको खुट्टी जतिको पनि ताकत नभएको सरकार रहेछ भन्ने देखियो पछिल्लो हप्ता । यति ठूलो शक्तिले ल्याएको एउटा कानुन उपत्यकाको एउटा समुदायले एक हप्ता समावेसीको सडकमा निस्किएर आन्दोलन गर्दा फिर्ता भयो ।

तर आन्दोलनकारीले यसको खारेजी नै होस् भनी माग गरेर अर्को आन्दोलन सुरु त गरे जसका कारण गएको असार चार गते काठमाण्डौ मण्डलामा मानव सागर उत्रियो । यो सरकारले निषेध गरेका ठाउ हो जहाँ उसको त्यस्तो निषेध कायमै रहेको बेला यति ठूलो संख्याका मान्छे यहा उत्रिएर दिनभरी सरकारका विरुद्ध नारा लगाइरहे । यतिले नपुगेर त्यसको भोली पल्टदेखि हस्ताक्षरनै बटुल्न थाले ।

यो गुठी विधेयकको सन्दर्भ हो । यस अघिसम्म गुठी भनेको सामन्ती अवशेष हो अत त्यसलाई समूल नष्ट गर्नुपर्छ भनिरहेको सरकार त्यस्तो अवशेष समाप्त गर्नत परै जाओस आफैले गरेका प्रस्ताव फिर्ता लिन वाध्य भयो यो हप्ता । फिर्तालिएर पनि पुगेन । आन्दोलनकारीहरुले राजधानीमा सरकारविरुद्ध विशाल प्रदर्शनी गरेर त्यसलाई खारेज नै गर्न माग गरेका छन् ।

सरकारले यो विधेयक जसरी फिर्ता लियो त्यो आफै पनि उसको एउटा आन्तरिक रोदनको प्रष्फुटन थियो । मंगलवार विभिन्न आरोप लगाउँदै विधेयक फिर्ता लिइयो तर बुधवार राजधानीमा जनआन्दोलन भन्दाठुलो देखिने गरी प्रदर्शनी भयो यो विधेयकका विरुद्धमा र आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएकोमा सरकारलाइ धन्यवाद दिनु पर्नेमा उल्टो माफी माग्न माग गरे ।

रुदै रुदै फिर्ता
यो विधेयक फिर्ता लिदा मन्त्री र प्रधानमन्त्री दुवैले प्रयोग गरेका शव्दहरु आपत्ति जनक थिए । राजनीतिक भाषामा भन्ने हो भने रोएको अवस्था । आन्दोलनमा घुसपैठ भयो, मूर्ती चोरहरु पनि आउ आदि भन्दै फिर्ता भयो । प्रधानमन्त्रीले आन्दोलनकारीलाई विषालु सर्प भने–भने मन्त्रीले भ्रम सृर्जना गरेर वातावरण विथोलेको आरोप लगाएकी थिइन ।

यो विषय आपत्तियुक्त भयो जुन कुरा प्रदर्शनीमा प्रकट भएको थियो । यसैकारण पनि यो विधेयक फिर्ता लिएर पुगेन । त्यसको खारेजी नै गर्नुपर्ने माग राखेर जेठ ४ मा गुठियार र संरक्षणकर्मीको अगुवाइमा राजधानीमा विशाल प्रदर्शन गरियो । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको व्यापक विरोध भएपछि असार ३ गते भूमि व्यवस्था मन्त्रालयले फिर्ता लिएको घोषणा गरेको थियो ।

तर गुठियार, संरक्षणकर्मी र सरोकारवालाले सरकारले भ्रमपूर्ण विज्ञप्ति निकालेर जनतालाई झुक्याएको भन्दै विधेयक खारेजीको माग राखेर प्रदर्शनलाई निरन्तरता दिए । प्रधानमनत्रीले यस्तो आरोप लगाएकै कारण आन्दोलन झनै चर्कियो । विधेयक फिर्ता लिएपछि आन्देलन रोकिनु पर्ने हो तर त्यस्तो आरोपका कारण विषयान्तर भएर आन्दोलनमा माफी नै माग्न पर्ने भयो प्रधानमन्त्रीले ।

ऐतिहासिक प्रदर्शनी
यो प्रदर्शनी एउटा ऐतिहासिकै थियो र दुइतिहाइको सरकारलाई प्राविधिकमा परिणत गर्ने खालको । यो दिन विहाननै देखि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघरमा एकीकृत भई खबरदारी सभामा परिणत भएको थियो ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद्, हली नेवाः गुठीलगायत विभिन्न गुठी संरक्षणकर्मीले अगुवाइ गरेको जुलुसमा सहभागीले सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीले विधेयक खारेजी नभएसम्म आन्दोलन जारी राख्नेजस्ता नारा पनि लगाए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिएका जानकारी गराएकी भएपनि फिर्ता लिएको विधेयक खारेज हुनुपर्ने माग गुठियार र संरक्षणकर्मी गरे ।

त्यसदिन आन्दोलनकारीको आवाज आयो –‘सरकारले गुठी विधेयक फिर्ता लिएको भनिएको प्रेस विज्ञप्तिमा हस्ताक्षर र छाप छैन । जिम्मेवार निकाय भएपछि यसरी गल्ती गर्न मिल्दैन,’ त्यसैले विधेयक फिर्ता चित्तबुझ्दो छैन । सरकार भ्रम सिर्जना गरेर धर्म, सम्पदा र संस्कृति मास्न लागेको छ । विधेयक फिर्ता लिएर मात्रै हुँदैन तत्काल खारेज हुनुपर्छ । खारेज नभएसम्म आन्दोलन जारी रहनेछ ।’

मन्त्रीको राजीनामा माग
यो दर्शननीमा तीन जना मन्त्रीहरु राजीनामा मागिनेमा परे । सरकारले धर्म, संस्कृति र सम्पदामाथि अतिक्रमण गर्न खोजेको भन्दै सञ्चारमन्त्री, भूमि व्यवस्था मन्त्री, गृहमन्त्रीको राजीनामा मागियो । सरकारले संविधान विपरीत गएर गुठीमाथि अतिक्रमण गर्न पाउँदैन । संस्कृतिमाथि हस्तक्षेप गर्ने मन्त्रीलाई कारबाही हुनुपर्छ ।

जनताले खबरदारी गर्दागर्दै पनि सरकारले गुठी मास्न चलखेल जारी राखे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र सिंहदरबार घेराउ गर्न पुग्नेछौं ।’ आन्दोलनकारीले यस्तो समेत जानकारी दिए । गुठियार र संरक्षणकर्मीको बुधबारको प्रदर्शन र सभा व्यवस्थित देखियो । शान्तिपूर्ण सभामा जनताको बाक्लो उपस्थिति भए पनि मण्डलमा कोही पनि छिरेन । उखरमाउलाउलो गर्मीमा संरक्षणकर्मीले निःशुल्क पानीसँगै एम्बुलेन्सको पनि व्यवस्था गरेका थिए । सभा सकिएपछि स्वयंसेवकहरुले माइतीघर क्षेत्र सफा गरेका थिए । सभामा सात सय स्वयंसेवक परिचालन गरिएको जानकारी दिइयो ।

प्रधानमन्त्रीको शक्ति क्षय
यो प्रदर्शनीपछि सरकारमा तत्कालनै मनोबैज्ञानिक असर देखियो । गुठी विधेयक फिर्ता भएपछि प्रधामन्त्री केपी शर्मा ओली पूर्ववर्ती रुपमा बलियो हुनुको साटो मन्त्रिपरिषद् र पार्टी संगठन दुवैमा कमजोर देखिएमात्रै हैनन उनको नेतृत्वमाथि थप चुनौती देखा परे । भूमिसुधार तथा गरिबी निवारणमन्त्री अर्याललाई गुठी विधेयक र त्यसबाट उत्पन्न असन्तुष्टिका लागि जिम्मेवार ठहर गर्ने प्रधानमन्त्रीको प्रयासबाट अर्यालसँगै पार्टीका केही प्रभावशाली र वरिष्ठ नेताहरु समेत उनीसँग रुष्ट भए ।

खासगरी मन्त्री अर्याललाई विधेयक फिर्ता लिन लगाएको एक घण्टापछि नाटकीय रुपमा आफुले त्यसबारे सञ्चारमाध्यमबाट थाहा पाएको बताएपछि ओलीप्रति केही आफ्नै पार्टीका नेताहरु रुष्ट बनेका हुन् । एक जना मन्त्रीले त प्रतिकृयानै दिए –यो ‘कमनसेन्स’को कुरा हो र बच्चाले पनि बुझ्छ कि प्रधानमन्त्रीको निर्देशनबिना विभागीय मन्त्री अर्यालले यति महत्वपूर्ण निर्णय लिन सक्दिनन् । त्यसैलाई लिएर मन्त्री अर्यालय स्वम् पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको बुझियो ।

गुठी विधेयक फिर्ता भएपनि आन्दोलन फिर्ता नभएको, संघर्ष समिति यथावत रहेको र ओलीको हैसियत समेत कमजोर भएको अनुमान भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगै एउटा ठूलो पंक्तिले पनि पार्टी एकताका समयमा भएका सहमतिलाई एकमुष्ट रुपमा कार्यान्वयन गर्न दबाव दिन थाले । यो बीचमा त्यो प्रदर्शनीको भोलिपल्ट ओली र दाहालबीच बालुवाटारमा भएको छलफलमा दाहालले ओलीलाई संगठनात्मक काम छिटो टुग्याउनु पर्ने र त्यसमा ओलीले समय दिनुपर्ने अभिव्यक्ति दिएर घुमाउरोरुपमा पार्टी नेतृत्व छोडनु पर्ने सुझाव दिएका थिए । यो पनि शक्ति क्षयको एउटा नमूना नै हो ।

गुठी विधेयक फिर्तासँगै पार्टीभित्र मिडिया काउन्सिल, मानवअधिकार, शिक्षा विधेयक लगायत सच्चयाउनुपर्ने समेत ओलीमाथि दबाब परिरहेको छ र त्यो गुठी विधेयकमा जस्तै ओलीको व्यक्तिगत हारमा परिणत हुने अनुमान पनि बढ्न थालेको छ । समग्र सरकारको छवीसँगै एकीकृत रुप देखाउनु पर्ने भएता पनि बजेटमार्फत ओलीको क्षेत्रमा ठूलो रकम विनियोजन भएपछि त्यसप्रतिको विरोध संसदमै छताछुल्ल भएको थियो ।

दुई तिहाईको समर्थन प्राप्त ओलीसँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धेरै समयसम्म झस्केर बसेको भएतापनि गुठी विधेयक प्रकरणपछि एकाएक आक्रामक हुनुका साथै पहिलो पटक प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका नेता विजयकुमार गच्छेदारले बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले कुनै पनि काम प्रभावकारीरुपमा नगरेको भन्दै उनको राजीनामा माग गरे । पर्यवेक्षकहरु भन्छन गुठी विधयेकमा झुकेका ओली चौतर्फी घेराबाट जोगिने विषय आगामी दिनमा उनले अपनाउने पार्टी र सरकार सञ्चालनको नीतिमा भर पर्ने छ ।

जनतासंग मुठभेड
यतिखेर विषयहरु हेरियो भने सरकार जतातातै भिडमात्र खोजेकोजस्तो देखिएको छ । यही भिडन्तको शैलीले होला सरकारको डेढवर्ष पुग्दा नपुग्दै राजनधानीमा यस अघि कल्यिै नदेखिउको जनसागर उत्तियो सरकराले प्रस्ताव गरेका एउटा विधेयकका कारण । जेठ ४ को प्रदर्शनी सरकारले आफै निम्त्याएको हो । सरोकारवालासंग कतै सम्पर्कसमेत नगरी ल्याइएको विधेयक आफैमा भिडन्तकारी थियो । समय खस्किएपछि कस्तोसम्म भयोभने विधेयक फिर्ता लिएर पनि धर नपाउने अवस्था आइलाग्यो । यस्ता दर्जन भन्दा बढी विषय भीडन्तका लागि तयार छन् ।

गुठीजस्तै काउन्सिल
सरकारले २७ वैशाखमा राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा छ । काउन्सिल विधेयकमा महासंघले सबैभन्दा असन्तुष्टि जनाएको दफा १८ को व्यवस्थामा हो । सो दफामा उल्लेख जरिवाना तथा क्षतिपूर्ति भराइदिन सक्नेसम्बन्धी व्यवस्थामा २५ हजारदेखि १० लाखसम्म दण्ड–जरिवाना गर्न सक्ने प्रस्ताव छ ।

‘कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याएको पाइएमा काउन्सिललाई प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने’ व्यवस्थाले प्रेस स्वतन्त्रता नियन्त्रण हुने महासंघको भनाइ छ । महमासंधले यो बेला तेस्रो चरणको आन्दोलन थालिसकेको छ ।

आयोगमाथि आक्रमण
सरकारले पछिल्लो समय दुइवटा आयोगमाथि एकैपटक आक्रमण ग¥यो । प्रकृति भिन्न होलान तर तिनको स्वतन्त्रता खोस्न खोजियो । यसमा लोकसेवा आयोग र मानव अधिकार आयोग पर्छन् ।
लोकसेवाआयोग सम्बन्धी व्यवस्थाले गएको हप्ता ठूलो संख्याका युवाहरुलाई आन्दोलित बनायो । स्थानीय तहमा कर्मचारी पूर्ति गर्न १५ जेठमा लोकसेवा आयोगले खोलेको विज्ञापनका कारण सत्तारुढ दलकै सांसद सभापति रहेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन संविधान र संघीयताको मर्मविपरीत भएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो ।

संविधानको धारा ४२ मा आर्थिक, सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, सीमान्तकृत, विपन्नलगायतलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक (आरक्षण) हुने भनिएको छ । यसैअनुसार निजामती ऐनको परिच्छेद ३ मा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत आरक्षित हुन्छ ।

यो व्यवस्थाअनुसार चार हजार एक सय २२ सिट आरक्षित हुनुपर्ने हो, तर एकचौथाइभन्दा पनि कम सिट छुट्याइएको भन्दै विरोध भएको छ । तर, सरकार र आयोगले भने पाँच सय ५५ स्थानीय सरकारका लागि कर्मचारी माग भएकाले एकमुष्ट जोडेर आरक्षण छुट्याउन नसकिने तर्क गर्दै आएका छन् । कुरा जेहोस तर योविषय पनि एउटा भिडन्तकै रुपमा रह्यो ।

मानवअधिकार आयोगले आफनो अधिकार कटौती गर्न खोजेकोमा व्यापक असन्तुष्टि प्रकट गर्दै सरकरलाइ खवरदारी गरिरहेकैछ । ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’माथि राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको हो । चैत अन्तिम साता संसदमा दर्ता गरिएको विधेयकका केही व्यवस्थाले अधिकार कटौती गर्न खोजेको आयोगले जनाएको छ ।

आयोगले गरेको छानबिन तथा अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनुअघि अनुसन्धान प्रतिवेदन र प्रमाणसहित महान्यायाधिवक्तासमक्ष सिफारिस गर्नुपर्ने गरी विधेयक ल्याइएको छ । साबिक ऐनमा आयोगले यस्ता मुद्दा चलाउन सिँधै सरकारलाई आग्रह गर्ने व्यवस्था छ । संसद्मा प्रस्तुत विधेयकअनुसार ऐन संशोधन भए आफ्नो संवैधानिक हैसियत समाप्त हुने आयोगको भनाइछ । महान्यायाधिवक्ताको कार्यालयमा प्रतिवेदन बुझाएपपछि मात्र कुनै पनि संस्था÷व्यक्तिबारे मुद्दा चल्ने वा नचल्ने निक्र्याेल हुने प्रस्तावित व्यवस्थाले आयोगको संवैधानिक स्वायत्तता गुम्छ भन्ने धारणा हुनु पर्छ ।

अव सामाजिक सञ्जालको पालो
सामाजिक सञ्जालमा जथाभावी मनको भँडास पोखेर रमाउने समय सकिँदै गएको बुझिन्छ । यसको सदुपयोगभन्दा दूरुपयोग भएको निष्कर्ष निकाल्दै सरकार सामाजिक सञ्जालमा नियन्त्रण गर्ने तरखरमा रहेको सन्देश दिन थालिएको छ । यसअघि सामाजिक सञ्जालको चरम दूरुपयोग गरेको कसूरमा धेरैजना विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको शिकार भैसकेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता गर्नुपर्ने तथा नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउने सक्ने विधेयकमा उल्लेख छ ।

उक्त विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई रु १५ लाखसम्म जरिवाना र पाँच वर्षसम्मको जेल सजाय हुने प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्ष्ट्राग्राम, भाइबर आदि) मा बिक्री वितरण गर्न रोक लगाएको सामग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्नसमेत विधेयकमा रोक लगाएको छ ।

त्यस्तै मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, संघीय इकाइबीचको सम्बन्धनमा खलल पार्ने, जातीय, धार्मिक, साम्प्रदायिक र अन्य कुनै आधारमा घृणा हुने कुरा पनि सामाजिक सञ्जालमा राख्न नपाउने व्यवस्था गरेको छ । जातीय भेद्भाव वा छुवाछुत हुने, शान्ति सुरक्षा भंग हुने कुरा सामाजिक सञ्जालमा राखेपछि रु.१५ लाख जरिवाना र पाँच वर्ष जेल सजाय वा दुबै हुने व्यवस्था तोकिएको छ ।

यो दण्ड अपरिभाषित भएका कारण सरकराले जुनसुबैबेला यो प्रावधान अनुसार दण्ड गर्न सक्दछ । यही हो यसको ठूलो कैफियत ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७६ असार ९, ०७: १८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ असार ९, ०७: १८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ असार ९, ०७: १८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...