
१.विक्रम सम्बत् २००७ सालको जनक्रान्तिले ल्याएको जनचेतनाको प्रतिफल नेपाली जनताले प्रजातन्त्र प्राप्त गरे र त्यसको अगुवाइ नेपाली काँग्रेसले गरेको कुरा नेपालको इतिहासमा अविस्मरणीय घटना बनेकै छ । यसपटकको फागुन ७ गते हामीले नेपालीले स्वतन्त्रताको ७०औँ दिवस मनाइरहेका छौँ ।
२. यी विगतका ६९ वर्षहरु किन र कसरी अस्थिर राजनीतिका समयका रुपमा व्यतीत भए भन्नेकुरा अनुसन्धानकै विषय बनेको पाइन्छ । अहिलेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सरकार आफूलाई करिब दुई तिहाईको साँसदहरुको समर्थनमा बनेको भने पनि यसको चरित्रसमेत अस्थिर प्रकृतिको देखिन्छ । गफले प्रजातन्त्रको दिगोपनका लागि सरकार दत्तचित्त भएर लागेको भनिए पनि कामले मुलुकमा प्रजातन्त्रको विशेषताहरुलाई कुल्चँदै गरेको देखिन्छ भन्ने राजनीतिक पर्यवेक्षकहरु पाइन्छन् ।
सरकारले प्रजातन्त्रलाई सँस्थागत विकासको रुपमा अभ्यासरत गराउनुको सट्टा समूहगत स्वार्थको लागि प्रयुक्त गरेकोले यसमा प्रजातान्त्रिक चरित्रभन्दा अधिनायकवादी चरित्रको विशेषताहरु देखिन लागेको आभास पाइन्छ ।
हुन त सरकार आफैँ प्रजातान्त्रिक संविधानअनुसार नै गठन भएकाले यसको चरित्रमा देखिने कुनै पनि अप्रजातान्त्रिक प्रक्रिया छर्लङ्ग हुन्छ जवकि सरकार भनिरहेको हुन्छ, दोहो¥याई तेहे¥याई कि हामीले प्रजातन्त्रको सिद्धान्तलाई मिचेका छैनौँ । एकातिर सरकारलाई अनि सरकारको नेतृत्वदायी सँस्था नेकपालाई प्रजातन्त्रको बाटोमा अनवरत हिँडाउनु जरुरी छ भने प्रजातन्त्रको बाटोबाट आफ्नो जन्म सार्थक बनाउन अभ्यासरत नेपाली काँग्रेसले विपक्षीको भूमिकाबाट सरकारलाई गलत बाटोबाट सही बाटोमा ल्याउन सकिरहेको छैन भन्ने स्वयं नेपाली काँग्रेसकै नेताहरुबाट आत्मालोचना सुरु भएको छ ।
३. प्रजातन्त्रका लागि लड्नेहरुले प्रजातन्त्रको एउटा विश्वव्यापी खाकाको सैद्धान्तिक धारणालाईआत्मसात् गरेका हुन्छन् र एउटा प्रजातान्त्रिक सीमाको धर्को कोरेका हुन्छन् । त्यो धर्को भनेको प्रजातन्त्रको खुला सीमा हो जसको एउटा अनुशासनलाई त्यसप्रति आस्थाहुनेले मान्नैपर्छ, नत्र ऊ प्रजातन्त्रवादी हुनै सक्दैन । त्यस्तै विश्वव्यापीरुपमा मानिने कम्युनिस्टहरुको एउटा अनुशासन हुन्छ, जसको अभ्यास गरेरमात्र ऊ कम्युनिस्ट हुनसक्छ ।
आजको विश्वमा कम्युनिस्ट हुनका लागि कस्तो अनुशासन र कस्तो अभ्यासचाहिँ आदर्श शासन प्रक्रिया हो भनेर भन्नेखालको एउटै साझा विशेषता हो अधिनायवादी शासनमार्फत् आफ्नो सत्ताको नवीकरण जहाँ जनताको प्रत्यक्ष सहभागिता हुँदैन । जनताको प्रत्यक्ष सहभागितालाई २००७सालमा आदर्श मानेर प्रजातन्त्रको स्थापना गरिएको थियो र विभिन्न बहानाबाजीमा राजाहरुले २०१५सालमा मात्र जननिर्वाचित संस्थाको व्यवस्था गरे । प्रजातन्त्रले त्यही बेलादेखि नै अभ्यासबाट टाढा बस्न बाध्य हुनुपरेको थियो । २०१७साल पुस १को आततायी घटना र त्यसपछिका ३० वर्षका कुरै नगरौँ ।
४. तर बीपी कोइरालाले स्वेच्छिक निर्वासन त्यागेर २०३३ साल पुस १६ गते नेपाल प्रवेश गरेपछि एउटा नयाँ चेतनाले नेपालमा प्रजातन्त्रका पक्षमा एउटा चेतनाको दियो बाल्ने काम ग¥यो तर त्यसबेलासम्ममा प्रजातन्त्र विरोधीहरुको नयाँ भुइँफुट्टा समूह तयार गरिसकिएको थियो जसले राजालाई प्रजातन्त्रप्रतिको मोह भन्दा उनीहरुको सहयोगमा निर्दलीय व्यवस्थाको दीर्घकालीन अभ्यासका लागि प्रेरित गरेको थियो ।
त्यसैको फलस्वरुप २०३६ सालको बहुदल या निर्दलीय पन्चायत भन्ने विकल्पको जनमत संग्रहमा जनमत संग्रह धोका हो भन्दै पन्चायतको पक्षमा मतहाल्नेहरुको दबदबा बढ्यो र अन्ततः राजाका असल हिमायती हौँ भन्नेहरुले न त पन्चायत जोगाउन सके, न त राजतन्त्र नै जोगाउन सके । वास्तवमा प्रजातन्त्रका विरुद्धमा लाग्नेहरु, प्रजातन्त्रको नाममै भए पनि, ती सबै बडारिने रहेछन् भन्ने कुरा सोभियत संघको पतनले मात्र प्रमाणित गरेको होइन कि हिटलरको समूल पतनले समेत प्रमाणित गरेकै हो ।
५. अहिले नेपालमा तेस्रो पुस्ताको प्रजातन्त्रको शासन चलेको छ । पहिलो पुस्ताको शासन २०१६ जेठदेखि२०१७ पुस १सम्म, दोस्रो पुस्ताको प्रजातन्त्र २०४७ वैशाख ६ गतेदेखि २०५९ असोज १९सम्म र तेस्रो पुस्ताको प्रजातन्त्र २०६३ वैसाख ११ देखि आजसम्मको हो । पछिल्लो प्रजातन्त्र अलिकति समावेशी मात्र भएन, सबैको चित्त बुझाउनका लागि वर्णसङ्कर प्रजातन्त्र भयो । न प्रजातन्त्र भयो, न साम्यवादीकरण शासन भयो तर दुवैको चित्त बुझाउने सङ्करीकृत राज्य प्रणाली बन्यो ।
एकातिर संघीय संरचनाको कल्पना गरियो तर केन्द्रीकृत शासनलाई छोड्न नचाहनेहरुको हातमा तालाचाबी रह्यो । मुखले संघीयताको नारा लगाउने अनि प्रदेशको राजधानी र नामका लागि नेकपाको केन्द्रले आदेश दिने काम भयो । त्यसैले न अहिलेको शासन प्रणाली पहिचानको रुपमा भयो, न त उदारपजातन्त्रको पक्षमा या न त बहुप्रचारित समाजवादको नै स्वरुपमा ।
६. ७० बर्से प्रजातन्त्र भने पनि प्रजातन्त्रका विभिन्न कालखण्डको गणना गर्दा शिशु अवस्थामा नै रहेको प्रजातन्त्रको अहिलको अवस्थामा प्रजातन्त्रवादीको असल नेतृत्वको कमी भएको खट्किन थालेको छ ।
७. र अन्त्यमा, प्रजातन्त्र दिवसका उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना र प्रजातन्त्रको रक्षाका लागि सदैव सजग रहन सावधान हुनुपर्ने सतर्कता आवश्यक रहेको अनुरोध गर्दै ज्ञात अज्ञात सहिदहरुप्रीत श्रद्धाञ्जलि अर्पण गर्दछु । प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्र हो भन्ने विश्वव्यापी सत्यलाई आत्मसात् गर्नका लागि मुखले मात्र प्रजातन्त्रको कुरा गर्ने तर सदैव प्रजातन्त्रका विरुद्धमा मात्र तानाबाना बुन्नेहरुलाई चुनौती दिन पनि प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...