वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध रहेको धारणा राखे । त्यस्तै विश्वका बिभिन्न देशबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबद्र्धनमा पनि बाघको महत्वपूर्ण भूमिका रहेको बताए । बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए। नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए ।

नेता नेपालले राप्रपाका नेता दीपक बोहोराजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने बताए ।

त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले नेपालको बाघ संरक्षणका लागि यसअघि भएका प्रयासहरुलाई निरन्तरता दिनुपर्ने बताए। सन् २०२२ सम्म बाघको संख्या बढाउने लक्ष्यलाई पुरा गर्नका लागि वन्यजन्तु मैत्री पूर्वाधार गर्नुपर्ने धारणा राखे ।

‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने सन्देशका साथ बिहीबार बाघ दिवस मनाइको हो । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

सम्बन्धित समाचार

यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
  • २०७८ श्रावण १४, १६: ०६

१. नेपाली कांग्रेसको अन्तरिम मेलमिलाप नयाँ संविधान २०७२ असोज गते घोषणा भएपछि नेपाली कांसग्रेसले संवैधानिक प्रावधानअनुसारको प्रतिनिधि सभा होस्, या...

इजारायली पाँच महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक
इजारायली पाँच महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक
  • २०७८ श्रावण १४, १६: ०६

काठमाडौं। गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी बन्धक बनाइएका पाँच महिला सैनिकमाथि हमासका सैनिकले गरेको ज्यादतीसम्बन्धी भिडियो बुधबार...

राष्ट्रपतिलाई एयर एम्बुलेन्समार्फत दिल्ली लाँदा र ल्याउँदाको खर्च भुक्तानी गर्न परराष्ट्रको ताकेता
राष्ट्रपतिलाई एयर एम्बुलेन्समार्फत दिल्ली लाँदा र ल्याउँदाको खर्च भुक्तानी गर्न परराष्ट्रको ताकेता
  • २०७८ श्रावण १४, १६: ०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाँदा र ल्याउँदाको खर्च वापतको रकम भुक्तानी गर्न परराष्ट्र...