
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाँदा र ल्याउँदाको खर्च वापतको रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको बुझिएको छ।
राष्ट्रपति पौडेलाई गत वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो। भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो।
चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको हो।
भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए। सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन।

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...