अदालतको आदेशको अवहेलना गर्दै गण्डकी प्रदेश सभामा देवकोटालाई प्रवेश दिइएन – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

अदालतको आदेशको अवहेलना गर्दै गण्डकी प्रदेश सभामा देवकोटालाई प्रवेश दिइएन

काठमाडौं। सर्वोच्च अदालतको आदेशको ठाडो उल्लङ्घन गर्दै गण्डकी प्रदेश सभा सदस्य सचिवालयले नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा बैठक कक्षमा प्रवेशमा रोक लगाएको छ।

सर्वोच्च अदालतले प्रदेशसभा सदस्य देवकोटालाई सभा सदस्यका रुपमा कामकारबाही गर्नबाट नरोक्नु, नरोकाउनु भनस् गत सोमबार जारी गरेको अन्तरिम आदेश पश्चात पहिलो पटक संसदको बैठकमा सहभागी हुन गएका देवकोटालाई मर्यादापालकले बैठक कक्ष बाहिर रोकेर अदालतको आदेशको अवहेलना गरेका हुन्।

फणिन्द्र देवकोटामाथि माओवादीको कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।

प्रदेश सभा हलको बाहिर परिसरमा रहेको देवकोटाले प्रदेशसभामा डाकिएको बैठकमा सहभागी हुन अदालतको आदेश बमोजिम पुग्दा मर्यादापालकले भित्र जान नदिएको बताए।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई केही समयअघि विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले देवकोटामाथि अनुशासनको कारबाहीको सिफारिस प्रदेश सभा सभामुखसमक्ष गरेको थियो।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखाबाट निर्वाचित सांसद देवकोटाले माओवादी संसदीय दलको ह्वीप उलंघन गरी कांग्रेस नेता पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएको आरोपमा उनको सांसद पद खारेजीको सिफारिस गरेको थियो।

तर, निर्वाचन चिन्ह माओवादीको लिएपनि उम्मेदवारी मनोनयनदेखि परिणाम सार्वजनिक गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र लिँदा र प्रदेश सभा सचिवालयमा दलीय आवद्धताको विवरण उल्लेख गर्दा सबै ठाउँमा देवकोटाले नेपाल समाजवादी पार्टी भनेर स्पष्टसँग उल्लेख गरेका थिए।

विगत डेढ वर्षसम्म नेकपा माओवादी केन्द्रको संसदीय दल र उक्त दलका गतिविधिमा नेपाल समाजवादी पार्टीको नाम उल्लेख गर्दै क्रियाशील रहेका देवकोटाले आफू माओवादीको सांसद नभएर नेपाल समाजवादी पार्टीको सांसद रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

जसलाई अदालतले माओवादी केन्द्रले गरेको कारबाही कानूनसम्मत नभएको ठहर गर्दै अन्तरिम आदेशमार्फत माओवादीको सिफारिसमा सभामुख कृष्णप्रसाद धितालको निर्णय बदर गरिदिएको थियो।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ असार १३, १६: ३०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ असार १३, १६: ३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ असार १३, १६: ३०

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...