अन्तर्राष्ट्रिय योग दिवसमा योग शिविर – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

अन्तर्राष्ट्रिय योग दिवसमा योग शिविर

पोखरा : अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा बृहत् योग शिविर सञ्चालन गरिएको छ । पोखरा रङ्गशालामा सम्पन्न शिविरमा योगप्रेमी सहभागी थिए ।

शिविरमा पोखरा महानगरपालिका, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त पहलमा आयोजित शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य सहभागी थिए ।

पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावना रहेकामा सहभागीले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगर स्तरीय योग केन्द्रको समेत स्थापना गरिएको बताए ।

पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रमा आवश्यक सामग्रीको समेत उपलब्धतामा महानगरले सहयोग गरिरहेको नगर प्रमुख आचार्यले बताए ।

योग मानव जीवनको महत्त्वपूर्ण पक्षका रूपमा चित्रण गर्दै उनले यो सबैका लागि अपरिहार्य रहेको बताए ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८२ असार ८, ११: ३१

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८२ असार ८, ११: ३१

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ असार ८, ११: ३१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...