
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो ।
नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए ।
दीपेश कँडेलले २, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले एकरएक विकेट लिए। ३४ रन बनाउँदा ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो।
कप्तान नसिर खान र फरिदून दाउद्जाइले उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाइले २९ रनको योगदान गरे ।
मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए।हसन इसाखिलले २० रन जोड्दा ४ खेलाडी शून्यमा आउट भए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
समूह चरणको अन्तिम खेल खेलिरहेका दुबै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दक्षिण एसियाका दुई चर्चित १९ वर्षमुनिको टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...