
नयाँ बिकल्प,
बिराटनगर । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफूबिरुद्ध आएको अविश्वासको प्रस्ताव फिर्ता नभए प्रदेशसभा नै विघटन हुनसक्ने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूह निकट रहेका मुख्यमन्त्री राईले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यलाई आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रचण्ड माधव समूहलाई बिकल्पको रुपमा निर्वाचन आयोग र नेपाली कांग्रेसको निर्णय पर्खिन गरेको प्रस्ताव अस्वीकार गरेपछि प्रदेशसभा नै भंग हुनसक्ने चेतावनी दिएका हुन् ।
प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसबेला मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्छु भनेका थिए ।
माघ ७ मा प्रदेशसभा अधिवेशन सुरु भएपनि प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले नै प्रदेशसभा अवरुद्ध गरेको थियो । प्रदेशसभाको बैठक फागुन ९मा बोलाइएको छ ।
नेकपाको दुवै पक्षबीचको छलफलमा ओली पक्षबाट आन्तरिक मालिलामन्त्री हिक्मत कार्की र सांसद विमल कार्की तथा प्रचण्ड–नेपाल पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्षण तिवारी सहभागी थिए ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–माधव पक्षमा लागेका १६ प्रदेशसभा सदस्यलाई राईले नेकपा संसदीय दलको हैसियतले कारबाही गरेका थिए ।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...