उच्च पहाडमा हिमापात र तराईमा हुस्सु, जनजीवन प्रभावित – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

उच्च पहाडमा हिमापात र तराईमा हुस्सु, जनजीवन प्रभावित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारअहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको महाशाखाले बताएको छ।

सोमबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेस प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती प्रदेशका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली र थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमतीको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ।

गण्डकी प्रदेशको हिमाली, पहाडी तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना छ।

लुम्बिनीका पहाडी भूभागमा पनि आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। ती प्रदेशमा आंशिक बदलीको सम्भावना छ। कर्णालीका हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित समाचार

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८१ माघ २८, ०८: २७

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०८१ माघ २८, ०८: २७

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८१ माघ २८, ०८: २७

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...