उद्योग सञ्चालन गर्न मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देश – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

उद्योग सञ्चालन गर्न मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् । ‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको छ ।

पब्लिक–प्राइभेट–पार्टनरसीप ९पीपीपी० मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेस गर्न मन्त्रालयलाई निर्देशित समेत गरेको छु’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्,

‘विश्वास छ– यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ ।’

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० माघ १५, १९: ५६

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० माघ १५, १९: ५६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० माघ १५, १९: ५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...