दिगो विकासका लागि गुणस्तरिय निर्माणः प्रधानमन्त्री देउवा (भिडियाे सहित) – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper
एमसीसी टेन्डरका लागि निर्माण व्यवयायीहरू तयार हुनुहाेस्

दिगो विकासका लागि गुणस्तरिय निर्माणः प्रधानमन्त्री देउवा (भिडियाे सहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरिय निर्माण आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको ३०औं साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रको आर्थिक विकासका मेरुदण्डको रुपमा रहेका उद्योग व्यवसायहरुलाई विकास रोजगारीको सृजना गर्दै निर्माण व्यवसायीहरुलाई गुस्तरिय निर्माणमा ध्यान दिन आग्रह गरेका हुन् ।


प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारविना देशको आर्थिक विकास असम्भव रहेको बताउँदै निर्माण व्यवासीका समस्या समाधान गर्न आफू र नेपाली काँग्रेस नेतृत्वको सरकार तयार रहेको बताए ।

निर्माण व्यवसायीहरुलाई काम गर्न सजिलो बनाउँन थप ऐनहरु संशोधन गरिएको जानकारी दिंदै अमेरिकी आर्थिक सयोग अनुदान एमसीसी संसदबाट पास भई कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए । यस परियोजनाबाट आउने अनुदान रकम पनि नेपालले गरिवी निवारण, विधुत तथा अन्य भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्ने भएकाले यसमा सहभागि हुन निर्माण व्यवसायीहरुलाई आह्वान गरे ।

एमसीसी सम्झौता अन्तर्राष्ट्रिय भएकाले सरकार नेपालका व्यवसायीहरुलाई पनि अन्तर्राष्ट्रियस्तरका परियोजनाहरुमा पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ लागेको बताए । एमसीसी परियोजनाबाट बन्ने पूर्वाधारहरुमा ग्लोबल टेन्डर हुने भएकाले यसमा नेपालका व्यवसायीहरु पनि सहभागि हुन अनुरोध गरे ।

साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनामा अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेकोसमेत बताए ।

त्यस्तै नेपाल सरकारले निर्माण बजेट समयसापेक्ष वृद्धि गरिरहेको बताउँदै व्यवसायीहरुबीच स्वच्छ प्रतिस्पर्धा गर्दै राष्ट्रको दिगो विकासमा योगदान गर्न अनुरोध गरे । साधारण सभाको सफलताको कामना गर्दै देउवाले संघको नयाँ नेतृत्व कर्मशिल आउनेमा विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७८ फाल्गुन २७, १४: १८

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...

रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७८ फाल्गुन २७, १४: १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७८ फाल्गुन २७, १४: १८

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...