
काठमाडौं : उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ ।
न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो ।
बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...