कांग्रेसको केन्द्रीय नेतृत्वमा गगन विश्वको नीति र नेतृत्वपछि राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

कांग्रेसको केन्द्रीय नेतृत्वमा गगन विश्वको नीति र नेतृत्वपछि राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल

काठमाडाैं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा युवापुस्ताको वर्चस्वसँगै राष्ट्रिय राष्ट्रिय सभाको आइतबार १८ पदका लागि भएको निर्वाचनमा निकै ठुलो सफलता प्राप्त भएको छ । जसअनुसार राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न अवसर प्राप्त हुदा पहिलेको माओवादी सहित १८ दलको एकीकरण पछि वनेको नेपाली कम्युनिस्ट पार्टी दोस्रो स्थानमा पुगेको छ ।

१८ पदका लागि भएको आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित भएका छन् । यसले गर्दा राष्ट्रिय सभामा कांग्रेसको सिटसँख्या २५ जना पुगेको छ । २५ जना राष्ट्रिय सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको रुपमा उभ्याउन सफल भएको हो ।

आइतबार भन्दा अगाडि राष्ट्रिय सभामा कांग्रेसका १६ जना मात्र सांसद थिए । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा ९ जना निर्वाचित भए पश्चात कांग्रेसको सिट संख्या बढेर २५ पुगेको छ । राष्ट्रियसभा निर्वाचनपछि पुरानो माओवादी सहित नेकपा एकीकृत समाजवादी पार्टी नेपाली कम्युनिस्ट पार्टी ठुलो दलबाट दोस्रो स्थानमा झरेको छ । यसरी सवैभन्दा ठुलो दलमा रहेको तत्कालिन माओवादी केन्द्र र हालको नेपाली कम्मुनिस्ट पार्टी खुम्चेर दोस्रो स्थानमा पुगेको हो । यसले गर्दा अब राष्ट्रिय सभामा राजनैतिक समिकरण पनि फेरबदल हुने पक्का जस्तै छ । विघटित प्रतिनिधि सभामा दोस्रो स्थानमा रहेको नेकपा एमाले तेस्रो स्थानमा पुगेर पुर्ववत स्थानको ११ सिटमा चित्त वुझाउनु परेको छ ।

८ सासद वाहिरिय सँगै आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ पुगेर पुर्ववत स्थानमा रहन सफल भएको छ ।

३ ठुला दलहरु पछि जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा प्रतिनिधित्व कायमै छ । नेपाली काङ्ग्रेस भित्रको आन्तरिक विवादपछि विशेष महाअधिवेसन वाट फेरिएको केन्द्रीय नेतृत्वमा युवापस्ताको वर्चस्व अर्थात गगन विश्र्वको केन्द्रीय समितिले पार्टीको नीति र नेतृत्वले लिने भावि रणनीति र राष्ट्रिय सभामा ठुला दलको बदलिएको हैसियत भने अउदै गरेको फागुन २० गतेपछि मात्र औपचारिकता पाउने छ । त्यसभन्दा अगाडि संविधान अनुसार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गरे पश्चात् ५९ सदस्यीय संख्याको राष्ट्रिय सभा हनेछ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ माघ १३, ११: ४५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८२ माघ १३, ११: ४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ माघ १३, ११: ४५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...