
नयाँ विकल्प,
काठमाडौं -डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. शैलेन्द्र श्रेष्ठ बताउँछन् । डेंगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् ।
वीर अस्पतालमा मात्रै होइन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा सबैभन्दा बढी डेंगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् ।अस्पतालका सूचना अधिकारीका नवराज गौतमका अनुसार दुई दिनयता दैनिक ५० भन्दा बढी ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । ज्वरो आएर अस्पताल पुग्ने मध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको उनले बताए । अस्पतालमा डेंगु सङ्क्रमणका कारण आईसीयूमा ४, क्याबिनमा २, जर्नल वार्डमा १५ जनाको उपचार आइरहेको सूचना अधिकारी गौतमले बताए ।
नेपाल एपीएफ अस्पतालमा पनि दैनिक ६ जनासम्म डेंगुका बिरामी भर्ना हुने गर्छन् । एमर्जेन्सीमा आउने मध्ये दैनिक १५ जनालाई ठाउँ नभएकाले फिर्ता गर्ने गरिएको अस्पतालले जनाएको छ ।
हालसम्म ३२ जना डेंगु सङ्क्रमणका कारण अस्पताल भर्ना भएको डा. झाले सुनाए । ओपीडीमा दैनिक ज्वरोका बिरामी ५० देखि ६० जना आइपुग्ने उनले बताए ।
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...