कारागार ताेडेर भागेका कैदी १६ वर्ष पछि पक्राउ – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

कारागार ताेडेर भागेका कैदी १६ वर्ष पछि पक्राउ

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले १६ बर्ष अघि कारागार ताेडेर भागेका दुइजना कैदीलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा

गौरिगंगा नगरपालिका-२ बस्ने ६२ वर्षीय चुलुवा चौधरी डाका चोरी मुद्दाका फरार अभियुक्त हुन । त्यस्तै अर्का अभियुक्त कैलारी गाउँपालीका-५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमालर कर्तव्य ज्यान मुद्दाका जेल ताेडेर भागेका अभियुक्त हुन् ।

 डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गतेको फैसलाले ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना ठहर भएका चौधरीलाई सोमबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।  पक्राउ परेका दुवैजनालाइ कैद भुक्तानका लागि अदालतकाे आदेशमा पुनः जेल चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ  

सम्बन्धित समाचार

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७७ भाद्र १७, १४: ५५

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७७ भाद्र १७, १४: ५५

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७७ भाद्र १७, १४: ५५

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...