
जनकपुरधाम । दैनिक एक पटक मात्र ओहोर–दोहोर गर्दै आएको जयनगर– जनकपुर–कुर्ता रेल सेवा आजदेखि दुई पटक आहोर–दोहोर गर्ने भएको छ।
नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गर्दै आजदेखि रेल सेवा कुर्थाबाट शुरु भई जनकपुरबाट जयनगर दुई पटक पुगेर फर्कने भएको छ।
यसअघि राति जयनगरबाट सेवा दिन शुरु गरेको रेल सेवा एक पटक कुर्था पुगेर फर्कने गरेको थियो। आजदेखि भने रेलसेवा कुर्थाबाट जनकपुरहुँदै जयनगर २ पटक पुगेर फर्कने भएको छ।
कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब धनुषाको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ।
त्यस्तै, जयनगरबाट भने रेल जनकपुरधामहुँदै कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने समय तालिका रेल विभागले मिलाएको छ।
एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो।
रेल सेवा सञ्चालन भए पनि मासिक करिव दुई करोड रुपैयाँ घाटा खाई रहेको रेल विभागले दुई पटक रेलले ओहोर–दोहोर गरेमा सञ्चालन खर्च धान्न सक्ने आंकलन गरिएको छ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...