
नयाँ विकल्प,
काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयले खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको हो ।
खोप कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी भएपनि तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई अतिरिक्त डोज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।
योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका वृद्धवृद्धालाई पनि अतिरिक्त डोज दिने भनिएको छ । अतिरिक्त डोजमा पहिले लगाएकै खोप दिइनेछ ।
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...