
नयाँ विकल्प,
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबविच भेटवार्ता भएको छ । मुख्यमन्त्री र राजदूत बीच भएको भेटवार्तामा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाइ थियो ।
नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओले नेपालको बहुपक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...