भक्तपुर । चाँगुनारायण नगरपालिकाको ६ नम्बर वडाका चार सयबढी जेष्ठ नागरिकले तीर्थाटन गरेका छन् ।
वडाले आफ्नो क्षेत्रभित्रका जेष्ठ नागरिक र जेष्ठ एकल महिलाहरुलाई चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिरको तिर्थाटन गराएको हो ।
उनीहरुले केबलकारबाट चन्द्रागिरीस्थित भालेश्वर मन्दिरको दर्शन गराएको भन्दै वडाध्यक्ष धनबहादुर लामालगायत जनप्रतिनिधिलाई धन्यवाद दिए । तिर्थाटनमा सहभागी अधिकांश पहिलो पटक २५५१ मिटरमा अवस्थित मन्दिरमा केवलकारबाट यात्रा गरेको भन्दै खुसी भएका थिए ।
विविध कारण आफ्नो केबलकार चढ्ने मनोकांक्षा पूरा हुन नसकेको तर अहिले वृद्ध अवस्थामा भए नि वडाले पूरा गरिदिएको बताए ।
चाँगुनारायण नगरपालिकाको ६ नम्बरले यो यात्राका लागि ५ लाख बजेट विनियोजन गरेको थियो । वृद्धवृद्धालाई धार्मिक भ्रमणमा कुनै समस्या नहोस भनेर एम्वुलेन्स, डक्टर, स्वयमसेवकको व्यवस्था मिलाईएको वडाध्यक्ष धनबहादुर लामाले बताए ।
यसका लागि नेपाल रेडक्रस सोसाइटी नगरकोट शाखा, नगरकोट हेल्थ पोष्ट, जाल्पादेवी साकोस, नगरकोट साकोसबाट स्वयंसेवक समेत खटाइएको थियो । भ्रमण लगतै त्रिभुवन पार्कमा खानपिन र नाचगानको व्यवस्था गरिएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...