ग्याङफाइट हुँदा मोरङमा एकको मृत्यु, २ घाइते – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ग्याङफाइट हुँदा मोरङमा एकको मृत्यु, २ घाइते

विराटनगर। मोरङ जिल्लाको कटहरीमा भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गए राति भएको ग्याङ फाइटमा परी मोरङको कटहरीका करण कामतको मृत्यु भएको हो। जमोटकीका विक्रम मण्डल र अमन राय घाइते भएको जनाइएको छ।

घाइते अवस्थामा भेटिएका उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लैजाँदा लैजाँदै कामतको मृत्यु भएको हो। अन्य २ को उपचार भइरहेको छ।

मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ। घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २५, १४: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २५, १४: २७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २५, १४: २७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...