गृहमन्त्री शान्ति सुरक्षा विथोल्दै: सरकार कानूनको कपटपूर्ण प्रयोग गर्दै– सिटौला – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

गृहमन्त्री शान्ति सुरक्षा विथोल्दै: सरकार कानूनको कपटपूर्ण प्रयोग गर्दै– सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्ण प्रसाद सिटौलाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछाने आफै शान्ति सुव्यवस्था बिथोल्दै असान्त वातावरण श्रृजना गर्नमा व्यस्त रहेको बताएका ।

काठमाडौंमा सोमबार गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाए।

उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न आफै आदेश दिएको होइन, सरकार आफैं पक्राउ पूर्जी माग्न अदालत पुगेपछि अदालतले आदेश दिने सामान्य प्रकृयालाई प्रधानमन्त्रीले नै तोडमोड गरेको बताए।

‘हामीले प्रधानमन्त्रीसँगको भेटमा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रकृयाबाट पक्राउ पूर्जी आयो। अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो’, सिटौलाले भने, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पूर्जीको आदेश माग है नभनेको भए अदालत आफैँले पूर्जी दिन्थ्यो त? अदालत के आफैं एक्टिभ भएको हो त?’ अदालत आफैंले पक्राउ गर्नलाई निर्देशन दिएको होइन।

जुन परिस्थिति र तरिकाले पक्राउ गरी सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान भइराखेको छ, त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भएको उनको दाबी छ।

गृहमन्त्री लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन भन्ने हेतुले मिडियाको मुख थुन्न खोजेको आरोप लगाए।

गणतन्त्र स्थापनाको लागि ०६२-०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरुले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत सडकमा आएको स्मरण गरेका उनले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गरे।

सिटौलाले प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले सहकारी पीडित जनताको कुरा बोलेको र जनताकै लागि वोलेको जिकिर गरे।

उनले भने, ‘गृहमन्त्री जस्तो गरिमामय पदमा वसेको व्यक्तिले संसदको रोष्टममा गएर कांग्रेसका नेता र सांसदमाथि लगाएको तल्ललो स्तरको आरोप प्रमाणित गर्नु पर्छ। संसदकै सदस्यलाई गम्भीर आपराधिक आरोप लगाएका गृहमन्त्रीको भनाईको सरकारले प्रमाणीत गर्नु पर्छ।’

सिटौलाले विगत पञ्चायतकाल र प्रजातन्त्रमा समेत देशको गृहमन्त्रीेले संसदको रोष्टममा उभिएर यति तल्लो स्तरको अभिव्यक्ति र व्यवहार आफूहरुले कल्पना समेत नगरेको बताए।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सांसद जीत शेरचनले संघीय सरकारले प्रदेश सरकारसँग सम्वन्धित तीन सय १५ बढी कानुन बनाउनु पर्नेमा अझै दुई सयभन्दा बढी कानुन नबनाएको बताए।

सांसद शेरचनले संविधानले शान्ति सुरक्षाको जिम्मेवारी र प्रहरी परिचालन प्रदेश सरकारको अधिकार भए पनि सरकारले प्रदेशलाई अधिकार नदिएर राखेको अरोप लगाए।

उनले भने, ‘प्रदेश सरकारलाई बलियो बन्न नदिन वर्तमान सरकारले प्रदेशसँग सम्वन्धित कानुन बनाउनै चाहेको देखिँदैन । कम्युनिष्टहरु संविधानलाई कार्यान्वयन गर्नै नचाहने भएकाले हाल संघीयतामाथि प्रश्न उठाउन मलजल गरिरहेको छ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ जेष्ठ १४, १८: २३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ जेष्ठ १४, १८: २३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ जेष्ठ १४, १८: २३

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...