
काठमाडौं । भारतीय केन्द्रीय सरकार मन्त्रिपरिषदद्वारा चन्द्रयाना ३ चन्द्रमामा पुगेको ऐतिहासिक सफलताको अवसरलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।
मंगलबार भएको भारतीय सरकारको मन्त्रिपरिषद् बैठकले सो ऐतिहासिक सफलताको लागि बैज्ञानिकहरुलाई धन्यवाद दिँदै चन्द्रयान ३ चन्द्रमामा पुगेको दिन अगस्ट २३ लाई नेसनल स्पेस डे को रुपमा मनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सो बैठकले त्यो सफलतालाई ग्रहमाथिको विजय मात्र नभएर भारत विश्वव्यापी तहमा पुग्न सफल भएको एउटा उज्यालो प्रतिकको रुपमा लिएको जनाएको छ।
मन्त्रिपरिषद्ले इन्डियन स्पेस रिसर्च अर्गनाईजेसन (आईएसआरओ)को टिमका सबै बैज्ञानिकलाई बधाई दिँदै चन्द्रमाको दक्षिणी भागमा पुग्ने विश्वको पहिलो राष्ट्र भएकोमा आभार प्रकट गरेको छ।
सरकारले प्रविधिको द्रुत र उच्चतम प्रयोगबाट आविश्कार गर्न बैज्ञानिकहरुको ज्ञान, समर्पण र विज्ञताबाट सफलता मिलेको जनाउँदै विश्वव्यापी बैज्ञानिक उपलब्धी भारतले आसिल गरेको जनाएको छ।
चन्द्रयान ३ चन्द्रमामा पुयाउन बहुसंख्यक महिला बैज्ञानिकले दिएको योगदानप्रति भारत सरकारले गौरव भएको जनाएको छ । साथै बैठकले प्रधानमन्त्री नरेन्द्र मोदीको दुरदृष्टिपुर्ण नेतृत्वप्रति बधाई दिएको छ ।
बैठकले भारतीको गुजरात प्रदेश सरकारको नेतृत्व लिएको विगत २२ वर्षदेखिको प्रधानमन्त्री मोदीको चन्द्रयान मिसनप्रति भावनात्मक सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री हुँदा मोदीले तत्कालिन प्रधानमन्त्री अटलविहारी वाजपेयीलाई यस्ता (चन्द्रमामा रकेट पुर्याउने) आईडिया दिएर घोषणा गरेको स्मरण गरेको छ।
चन्द्रयान ३ले लक्ष्य हासिल गरेको अवसरमा प्रधानमन्त्री मोदीले स्पस्ट आवाजमा भनेका छन् कि जय विज्ञान, जय अनुस्ठान।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...