चीन सरकारले उपलब्ध गराउने अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सकाे विमान जाँदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

चीन सरकारले उपलब्ध गराउने अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सकाे विमान जाँदै


नयाँ विकल्प,


काठमाडाैं- चीन सरकारले नेपाल सरकारला दिने २० हजार थान अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमकाे जहाज जाने भएकाे छ ।

नेपाल सरकारले तुरुन्तै चीनबाट अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चार्टर गर्ने भएको हाे । पहिलाे चरणकाे चार्टर उडान मार्फत दुइहजार थान अक्सिजन सिलिण्डर ल्याउन लागिएकाे छ ।

बाँकी १८ हजार थान स्थलमार्गबाट ल्याउने तयारी भैरहेकाे छ । बैशाख ३१ गते वाइडबडीले सात सय थान सिलिण्डर ल्याउने छ।

त्यससँगै चिन सरकारले अनुदानमा दिएकाे १० थान भेन्टिलेटर साेही चार्टर्ड विमानबाट नेपाल आउने छ । तीन साताभित्रै दुई हजार सिलिण्डर ल्याउने स्वास्थ्य मन्त्रालयकाे योजना छ। चीनबाट धेरै देशले सिलिण्डर लैजाने हुँदा त्यहाँको सप्लायर्सले समय मागेको बताइएकाे छ ।

स्वास्थ्य मन्त्रालयले २० हजार सिलिण्डर विश्व बैंक र २० हजार युनिसेफसँग मागेको छ। अहिले मेडिकल क्षेत्रबाहेक उद्योगमा आठ हजार सिलिण्डर स्टक रहेको बुझिन आएको छ।

हाइड्रो पावर, चिनी, चुरा, रोलिङ उद्योगलगायतमा सिलिण्डर प्रयोग हुने गरेका छन्।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ बैशाख २५, १६: १२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ बैशाख २५, १६: १२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७८ बैशाख २५, १६: १२

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...