
एका बिहानै सिमाको मोबाइलको घण्टी बज्छ, बिस्तारा नजिकैको टेबुलमा राखिएको मोबाइल आधा निन्द्रामै समाउछे उ, आँखा मिच्दै मोबाइलको स्क्रिनमा हेर्दा चिनेकै नम्बरबाट आएको हुन्छ त्यो कल । उ कल उठाउछे , जब उताबाट २,४ शब्द केही बोलिन्छ सिमाको मुहारमा छुट्टै चमक आउछ ।
उसको मुहारमै झल्किन्छ उसका खुसिको भावहरु, महिनै लामो खडेरीले मुर्झाएका कलिला बुट्यानहरुले पहिलो बर्सातमा तिर्खाएको आफ्नो आत भिजाउँदा जस्तो सन्तुष्टि पाउँछन् हो तेस्तै अहिले सिमाले महसुस गरेकी छ । झिनो आसा अनि धेरै बिश्वास बोकेर घरबाट हिडेकी उसलाई यो सानो खुसी थिएन । हजुर लाई धेरैधेरै धन्यवाद यो सहयोग को लागि बरु मलाइ छिट्टो लोकेसन र बममचभकक पठाइदिनु न भन्दै उ फोन काट्छे ।
हत्तपत्त बिस्ताराबाट उठेर उ बाथरुम पस्छे अनि केही समयमा तयार भएर निस्कन्छे । उसलाई आज सिङ्गारिनको लागि पनि मन लाग्दैन, मन भन्दा पनि उस्को श्रृङ्गार भन्दा ज्यादा महत्वपूर्ण उसको कर्तव्य हो भन्ने ठान्दछे तेसैले होला सामान्य पहिरन (टिसर्ट, पेन्ट) मै कोठा बाट निस्कन्छे उ । त्यहाबाट उ ट्याक्सी मा ……….. भन्ने ठाउ जान्छे, उसलाई त्यहा सम्म पुग्न २० मिनेट लाग्छ । …… भन्ने ठाउमा पुगेपछी उ एउटा ४ तले घर को अगाडि आइ पुग्छे । मुस्तफा रोड buliding nom 508. यो त्यहि Address हो जुन उसको साथी सागरले बिहाना sms गरेर पठाएको थियो ।
सगरले कmक सगै कतार प्रहरीको एउटा अनुमती पत्र पनि सगै पठाइदिएको थियो । जसमा लेखिएको थियो कि सिमालाई त्यो घरमा कसैलाइ भेट्नको लागि कुनै रोकतोक नगरियोस । गेटमा भएको पाकिस्तानी गार्डलाई ती सबै कुरा देखाएपछि उसलाई घर भित्र छिर्न दिन्छ । उ घर भित्र जान्छे, भुइ तलाकै गल्लिमा उसले देख्छे निलो कुर्था सल्वार लगाएकी एक अर्धबैसे महिला जो भ्याकुम लगाएर घर सफाइ गरि रहेकी हुन्छिन् । देख्न साथ उसका आँखा रसाउन थाल्छ, उता ती महिलाले पनि अचम्मित हुँदै हेर्छिन । सिमा झम्टिए जस्तै गरि ती महिलालाई अगाल्न पुग्दछे, दुबै जना अङ्गालो मै बाधिएर केही समय रुन्छन । केही समय पछि अङ्गालोबाट छुट्टिदै सिमाले सोध्छे ।
कस्तो छ दिदी तपाइलाई ?
रिमाः कस्तो हुनु कान्छी बाचेको छु त्यहि हो ।
सिमाः के भयो दिदी एस्तो ?
रिमाः त्यो कुरा छोड बरु भन त कसरी आइ पुगिस एहा सम्म ? कसरी थाहा भयो तलाइ म एहा अलपत्र परेको ?
सिमाः तपाईंहरु कतार आएको २ वर्षपछि एक दिन म काम विशेषले एक पटक काठमाडौं गएकी थिए, त्यहा मैले गाडिमा भिनाजुलाइ देखे । मैले एक्कासि देखेर आश्चर्य मान्दै बोल्न खोजे तर उहाले मलाइ नदेखेको झै गरि त्यहाबाट भाग्न खोज्नु भो । म पछिपछि लागे तर भेट्न सकिन । के गर्ने कसो गर्ने केही मेसोनै पाउन सकिन । त्यहा बाट घर आएपछी आमा बुबालाई सबै कुरा बताए । सुरुमा त उहाँहरुले पनि बिश्वास मान्नु भएन । तर पछि सबै कुरा भनेपछी कुरा के हो बुझ्नुपर्छ भनेर म र बाबा भएर तपाइको पुरानो घर गयौ तेहा गएसी बल्ल थाहा भयो भिनाजु त २ महिना पहिले नेपाल आएका रहेछन अनि यहाँ आएर अर्को बिहे गरेर अन्तै बसाइ सरेछन् ।
अनि दिदी भएको चाहिँ के हो ?
रिमाः खै कान्छी के भनुम, भाग्य नै यस्तै रहेछ मेरो । सोचेको र चाहेको सबै कहाँ पूरा हुन्छ र ?
सिमाः भन्नुन दिदी भयो चाहिँ के ?
रिमाको आँखा भरी आँसु भरिन्छ ।
रिमा ले सम्झिन्छे यो घटनाक्रम, ३ वर्ष अगाडि जब उनिहरुको परिवारको आर्थिक अवस्था कमजोर थियो । तब एक दिन खाना खाइ वरि बेलुकी सुत्ने बेलामा उसको सिर्मान सँग पारिवारिक अबस्थाको कुरा गरेको । तब उसको सिर्मान ले निरास हुँदै भनेको थियो ।
रिमा अब म बिदेश जान्छु,
रिमाः (आश्चर्य हुदै), फेरि एक्कासी के भयो हजुरलाई के भन्दै हुनुहुन्छ ?
हरिः हो, तिमि सहि सुन्दै छौ, मैले धेरै पटक सोची सके र यो निर्णय लिगेको हुम । २ वटा छोरिको भविस्य को पनि त ख्याल गर्नु प¥यो ।
रिमा उदास हुन्छे अनि भन्छे अनि म ? म चाहिँ कसरी बसु हजुर बिना ?
हरिः केही वर्ष को कुरा त हो, त्यसपछी सबै ठिक हुन्छ ।
मलाइ पनि कहाँ रहर छ र तिमी अनि ननि हरु बिना तर के गर्नु सबैलाइ सगै लान पनि त मिल्दैन ।
रिमाःअझै एक पटक सोच्ने कि ?
हरिः धेरै पटक सोचे रिमा, यो बाहेक अरु कुनै बिकल्प छैन हामीसँग ।
रिमा अझै उदास हुन्छे ।
हरि रिमाको हात समाउछ अनि फेरि भन्छ,
तिमी आफैनै भन न नानी हरु ठुला भै सके, राम्रो बिधालय पडाउन, उनिहरुको राम्रो भविष्यको लागि के हामिले सोच्नु पर्दैन ?
रिमाः त्यो त हो तर……
रिमा केही भन्न खिज्दै हुन्छे हरिले उसको मुख आफ्नो हत्केला ले थुनिदिन्छ अनि आफै भन्न लाग्छ ।
तर सर केही नभन, तिमी त बुज्छौ नि मलाइ ? अब तिमी नै यो कुराको प्रतिकार गर्छौ भने कसरी सम्हाल्न सक्छु म मेरो मन लाई ?
रिमा ः हजुर बिना म पनि कसरी बस्न सक्छु र बरु एसो गरु दुबै जना जाउ न, म पनि त काम गर्न सक्छु ।
हरि ः नचाहिने कुरा नगर तिमी नै नभए नानीहरुको ख्याल कसले राख्छ ?
रिमाः सुक्क सुक्क रुदै हरि को छतिमा टासिन्छे ।
रुञ्चे सोर पार्दै भन्छे हजुर मात्र जानू पर्छ भन्ने पनि त छैन, मेरो पनि त उत्तिकै दाइत्व होला नि हाम्रो परिवारमा ? नानी हरुलाइ माइत मा राखुला, हजुर एक्लै जादा ३,४ वर्ष मा कमाउने दुई जना हुदा २ वर्ष मै कमाउन सकिन्छ ।
हरिः भनेको जस्तो सजिलो हुदैन तिमी किन बुझ्दैनौ ?
रिमाःमैले सबै बुझेको छु, भयो अब उसै गर्ने हो । बरु भोलि नै माइत जाम अनि आमा बुवा सग यो कुर भनुला ।
हरिःहुन्छ अब तिमी पनि उसै भन्छौ भने म के भनु ।
दुबै जना भोलिपल्ट रिमाको माइत जान्छन । रिमाको आमा बुवा ले पनि उक्त कुरामा सहमती जनाउछन सम्पुर्ण कागजात को काम सकेर उनिहरु बिदाइ हुन अनि छोरिहरुलाइ पु¥याउन रिमाको माइत जान्छन ।
छुटिने बेला सम्म छोरिहरुलाइ आफुहरु बिदेश जान लागेको जानकारी दिदैनन् ।
एक दिन त्यहि बसेर भोलिपल्ट दुबैजना निस्कने सोचले त्यहा पुगेका हुन्छन ।
बेलुका खाना खाइ वरि रिमाले बच्चा हरुलाइ सम्झाउदै भन्छे ।
रिमाः तिमिहरु अब केही समय मामा घर मै बसेर पढ्नुपर्छ हस ।
सपना(जेठी छोरी)ः(किन र Mummy ?
रिमाः (सपनाको टाउको मुसार्दै), तिम्रो मबमथ र म भोलि सहर जाने त्यै भएर तिमी हरु केही समय एतै बस्नुपर्छ ।
बिपना(कान्छी छोरी)ःलौ हामी पनि त जान्छौ नि । किन हामी जान हुदैन हो मामु ?
रिमाःत्यस्तै होइन गुडिया, तिमिहरुलाई पनि लान हुन्थ्यो तर तेहा धेरै कुरा गर्न बाकी छ, नया ठाउमा बस्दा सबै कुरा मिलाउन पर्छ, उता सबै ठिक भएपछी तिमिहरुलाई पनि सहर लाने अनि सबै जना उतै बस्ने नि ।
सपनाःकति समय लाग्छ Mummy ?
रिमाः २,३ महिना लाग्छ ।
बिपनाःअनि मलाइ हजुर नभै निन्द्रै लाग्दैन कसरी सुत्नु ?
छोरिको कुरा सुनेर रिमाको आँखा भरी आँसु हुन्छ ।
तेतिकैमा अब भोलि बाट नानी हरु अन्टि सग सुत्ने भन्दै कोठामा सिमा आइपुग्छे ।
बिपनाः नाइ म त हजुर सग नासुत्ने, हजुरले कहानी नै सुनाउनु हुदैन ।
सिमाः इप उसो भा भोलिबाट नानीहरुलाई हरेक साझ म कहानी सुनाउछु हुन्छ नि ?
सपना र बिपनाः एकै सोरमा हुन्छ त्यसो भए त ।
भोलिपल्ट तेहा बाट निस्कने क्रम मा सपना(जेठी छोरी) ले रिमाको हात समात्दै सोद्छिन्
सपनाः mummy चाडै आउनु हस् ।
रिमाःगालामा मुइ खादै, हुन्छ छोरि छिटो आउछु, अनि तिमिहरु नमात्ती बस्नु नि, अन्टिलाई धेरै नसताउ है । भनेको मान्नु ।
बिपनाः हुन्छ मामु ।
रिमा र हरिले ले दुबै छोरी हरुलाइ अङ्गालो मार्छन अनि निस्किन्छन् त्यहाबाट ।
रिमा कहानी को बिच मै रोकिन्छे अनि आँखा भरी आँसु पार्दै भन्छे
रिमाःअ साच्ची नानी हरुको के छ खबर ? कत्तिको खोज्छन मलाई ?
सिमाः ठिकै छन दिदी, सम्झी रहन्छन हजुरलाई । सुरु सुरुमा त मामु छिटै आइसिन्छ भनेर भन्थे, तपाईंसग फोनमा कुरा भैन्जेल त त्यति धेरै कुरा गर्थेनन् । तर जुन दिन देखि हजुरसग कुरा पनि हुन छोड्यो त्यो दिनदेखि बिधालयबाट फर्किने बित्तिकै हरेक दिन हजुरलाई खोज्छन । गाउँमा कुनै बच्चाहरु आमा बुबासग हिनेको देख्ने बित्तिकै सोद्छन् अन्टि हामी कहिले एसरी मामुसँग बस्न पाउछौ भनेर ।
सिमाले यसो भनी रहदा रिमा झन मन सम्हाल्न नसकेर अझै जोड ले रिन्छे । रिमाले सम्झाउदै भन्छे ।
रिमाःनरुनु दिदी अब सबै ठिक हुन्छ ।
सिमाः खै के ठिक हुन्छ भन्नू कान्छी । उनै बच्चा हरुको राम्रो भविस्य को लागि भनेर आइयो अहिले न उनिहरुको लागि केही गर्न सके न आफै नै फर्किन सके ।
सिमाः अनि त्यसपछी के भयो दिदी ? उताबाट त दुबै जनासगै आउनु भएको हो ।
रिमाः नेपालबाट दुबै जना आयौ, यहा आएको १५–१६ महिनासम्म पनि ठिकै थियो, दुबै जनाको कमाइ पनि राम्रो थियो । हामिले बिदेश आएको रिन तिरेर पनि १८–१९ लाख कमाइ सकेका थियौ । मेरो पासपोर्ट अनि हामिले कमाएको सबौ उहाँसगै थियो तर एकदिन एक्कासी उ साथिलाई भेटेर आउछु भनेर गएपछी फर्केर आएन ।
२,३ दिनसम्म पनि नआएपछी साथीहरूबाट थाहा भयो उ त नेपाल गै सकेछ । मेरो पासपोर्ट अनि कमाएको सबै सम्पत्ति लिगेर उ भागेछ । मैले काम गर्ने कम्पनिले पनि मेरो कागज पत्र केही नभएकोले मलाइ निकालिदियो । एहा लुकेर बस्न पनि नमिल्ने अनि कुनै कम्पनिमा काम पनि नपाउने र घर फर्किन पासपोर्ट नभएर त्यो पनि सम्भब भएन । पहिला कम्पनिमा काम गर्दा चिनेको तेहाको म्यानेजरले मलाई तिमिलाई कम्पनिमा त होइन मेरो घरमा काम दिन सक्छु ।
बाहिर निस्कन पाउदैनौ किनकी बाहिर निस्किए पुलिसले समाउछ भित्रै घरमा काम गर्नुपर्छ । केही समय काम गर पछि म पासपोर्ट बनाइ दिउला भनेर सहयोग गर्ने बाचा गर्यो । मैले पनि अरु केही बिकल्प नभएर हुन्छ भनेर यहा आए । यहा आइ सकेपछी उसले भनेको जस्तो केही भएन । पूरा घरको काम मैले एक्लै गर्न पथ्र्यो, कोहिसग कुरा गर्न दिदैनथ्यो, मलाइ एहि बन्धक बनाएर राख्यो । तिजको अघिल्लो दिन थियो ।
सपना र बिपना घर अगाडि बरण्डा मा बसेर गट्टा खेल्दै थिए । उनिहरुको हजुरबुबा त्यहि बरण्डाको अर्को छेउ बसेर डोको बुन्दै थिए अनि हजुर आमा चाहिँ भित्र भान्सामा नातिनी हरुलाई खाना बनाउदै थिइन । बा नमस्ते आरामै हुनुहुन्छ ? तीखो अनि मधुरो सोर मा एउटा आवाज घुन्किन्छ ।
सपना र बिपनाले एकै सोर मा भन्छनःबा,बा अन्टि आउनु भयो ।
सपना र बिपना सिमाको हात समाउन पुग्दछन् ।
बरण्डामा डोको बुन्दै गरेका बुबाले भन्छन्, छोरी आरामै आइ पुगिस् ?
सिमाःअ बा त्यतो गारो भएन, अनि आमा खोइ त ?
बिपनाः आमा भित्र खाजा बनाउदै हुनुहुन्छ रोक्नु है म बोलाएर आउछु ।
बिपना आमा अन्टि आउनु भयो भन्दै चिचाउदै भित्र पस्छे ।
सिमा को बुबाः अनि छोरी दिदी लाई भेटिस त ? कस्तो छ तेलाइ ? ठिकै त छ ?
सिमाःउम भेटे बा दिदी लाई ठिकै छ ।
त्यतिकैमा सिमाको आमा बाहिर आउछिन् ।
सिमाको आमाः अनि ल्याउन पर्दैन त ठुलीलाई ?
सिमाः ए आमा नमस्कार
सिमाको आमाः भाग्यमानी भए ।, (कम्मर मा बेरेको सारी निकाल्दै आखामा आएको आँसु पुस्दै लामो सास फेर्दै) यो तिज पनि खल्लो हुनि भयो मेरो सपनाः (उसको पनि आँखा आसुले भरिन्छ), अनि मामु आउन मान्नु भएन हो अन्टि ?
सिमास्( हुम किन रोको के आमा, झन तपाईं लाई भनेर यो तिज मा कति राम्रो कोसेली ल्याएको छु । उ उता आगन मा हेर्नू त ।
आगन को पल्लो छेउमा हरियो कुर्था सलवार लगाएको कोहि माहिला हुन्छिन ।
बिपनास्उ: फ्रीदै, मम्मी आउनु भयो , मम्मी आउनु भयो ।
रिमाले बिपना लाई अङ्गालो मर्छे, तेतिकैमा सपना पनि दौडिदै पुग्छे ।
रिमाले दुबै छोरिलाइ अङ्गालो मार्दै खुब रुन्छे ।
बिपनः मामु अब फेरि हजुर त गैसिन्न नि ?
रिमाः जान्न कान्छी अब तिमिहरुलाइ छाडेर म कहिले पनि कतै जान्न ।
सपनाः हामिले कति सम्झिथ्यौ हजुरलाई, तपाईंलाई हाम्रो याद आएन ?
रिमा झन जोडले रुन्छे, उ केही बोल्न सक्दिन ।
रिमाले आमा बुबा दुबैलाइ नमस्कार गर्छे ।
रिमालाई नजिक पाउने बित्तिकै उनकी आमा ले अङ्गाले हाल्दै खुब रुन्छिन ।
रिमा कि आमाःअङ्गालोमै रुदै ,कहाँ थियौ नि छोरी । कति दुख पा¥यौ नी ।
रिमाको बुबाः भयो भयो, बल्ल बल्ल आएकी छ, अनि रुवाउनु पर्छ ?
एता त्यो सब दृश्य देखिरहेकी सिमा का आखामा पनि आँसु भरिएका छन् । तर ती आँसु दुखका होइनन । बर्सौ देखि टाडिएकी चेलिलाइ तिजमै माइत मा कोसेलिको रुप मा ल्याएकी छ । सयद उसको जिन्दगिको सबैभन्दा ठूलो उपहार उसले आफ्नो जन्मदिने आमा को लागि दिएकी छ ।
घर मा खुसिको माहोल छाउछ ।
सिमा को बुबाः अनि कसरि भेटिस त दिदीलाई सिमाले सबै कुरा बताउछे ।
सिमाः कतार जानू भन्दा पहिले नै मेरो फेसबुक बाट चिनेको सागर भन्ने साथी थियो । उसले कतार मा नेपाल एम्बेस्सी मा काम गर्दो रहेछ, उसैको मद्दत ले कतार मा दिदिलाइ भेट्न सजिलो भयो अनि भेटी सकेपछि नेपाल ल्याउन पनि पासपोर्ट र अन्य कागजपत्र बनाउन उसैले मद्दत गर्यो । सिमाको आमाः धन्य होस ती नानी को ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...